Local

सहिद स्मृतीमा विद्यालय व्यवस्थापन समिति गठन

बुटवल, माघ ११ ।
सहिद स्मृती प्रा.वि. बुटवल–१३ देवीनगरमा सोमबार सम्पन्न अभिभावक भेलाले लालबहादुर नेपालीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा सावित्रा टण्डन, इश्वरीप्रसाद श्रेष्ठ, सुमित्रा परियार, सीता दर्जी र शान्तमाया तामाङ रहनुभएको छ ।
जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरीक्षक हरिलाल अर्यालको प्रमुख आतिथ्यमा भएको भेलाले शेरबहादुर परियारको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । जसको सदस्यहरुमा ओमबहादुर सारु, देवी बि.क. र रेनु परियार रहनुभएको छ । कार्यक्रममा विद्यालय निरीक्षक हरिलाल अर्याल, विद्यालयका प्रधानाध्यापक प्रकाश गौतम, शिक्षक सोमनाथ पुरी, मायादेवी जनजागृती माविका अध्यक्ष धनबहादुर गुरुङ, सोही विद्यालयका प्रधानाध्यापक माधव लोहनी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

About the author

tinaufm

Leave a Comment