Local

रक्तदान कार्यक्रम सम्पन्न

IMG_6576
Written by tinaufm

IMG_6576

दिनेश कुमार श्रेष्ठ

रूपन्देही, १० माघ
लायन्स क्लब अफ बुटवल तिलोत्तमा , लायन्स क्लब अफ तिलोत्तमा मायादेबी र लियो क्लब अफ तिलोत्तमा को सयुक्त रक्तदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । कल्बको नियमित बार्षिक कार्यक्रम अन्तर्गत रक्त सञ्चार केन्द्र बुटवलमा सो कार्यक्रम गरिएको हो । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा २२ यूनिट रगत संकलन भएको छ ।

IMG_6573

सकेण्ड VDJ MJF लायन शुनिल ओझाको प्रमुख आथित्यता मा सम्पन्न कार्यक्रममा डिस्ट्रिक एरिया कोर्डिनेटर प्रबिना सिह को आथित्यता रहेको थियो । उक्त कार्यक्रमा लायन्स क्लब अफ तिलोत्तमा माया देबी का अध्यक्ष लायन सुलोचना श्रेष्ठ र लियो क्लब अफ तिलोत्तमा का अध्यक्ष लियो चिरञ्जिबी थैबले मन्तब्य राख्नुभएको थियो । लायन्स कल्ब अफ बुटवल तिलोत्तमाका अध्यक्ष रन्जन कसजुको अध्यक्षता सम्पन्न रक्तदान कार्यक्रम लायन्स क्लब अफ बुटवल तिलोत्तमाका सचिब लायन उपेन्द््रमान श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा सम्पूर्ण रक्तदाताहरुलाई रक्तदान पश्चात जुस तथा प्रमाणपत्र प्रदान गरिएको लियो क्लब अफ तिलोत्तमाका निर्मित कसजुले जानकारी दिए ।

About the author

tinaufm

Leave a Comment