Local

स्वतन्त्र पत्रकार संघको महाधिबेसनमा रुपन्देही जिल्लाबाट ३ जनाले उमेद्धारी दिने

चैत्र १९, बुटवल । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीले आगामी चैत्र २३ गते पोखरामा हुन गईरहेको संघको दोश्रो महाधिवेसनमा हुने केन्द्रिय कार्यसमितिको निर्वाचनमा जिल्लाबाट एक महत्वपुर्ण पद सहित ३ जनाको उमेद्धारी दिने निर्णय गरेको छ । संघको आज बुटवलमा सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठकले अबिधेसनमा सहभागि हुन रुपन्देही जिल्लाबाट जिल्ला अध्यक्ष र केन्द्रिय पार्सदहरु सहित १० जना प्रतिनिधि पोखरा जाने निर्णय गरेको संघका कोषध्यक्ष दिनेश कुमार श्रेष्ठले जानकारी दिए । साथै बैठकले संघका जिल्ला सदस्य चक्रपाणि डुम्रे नेपाल ज्योतिष परिषद रुपन्देहीको हालै सम्पन्न जिल्ला अधिवेसनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गदै सफल कार्यकालका लागि सुभकामना समेत प्रदान गरेको छ । संघका जिल्ला अध्यक्ष बाबुराम गैरेको अध्यक्षता, केन्द्रिय सदश्य राजेन्द्र जंग रायमाझिको प्रमुख आतिथ्यतार सचिव अशोक गौतमले संचालन गरेको कार्यक्रममा केन्द्रिय पार्सद तथा उल्टो साईकल यात्रि बिरेन्द्र पाण्डे, मिठ्ठु खान लगायतले बोल्नुभएको थियो । पत्रकार महासंघ पोखराको सभाहलमा आगामी चैत्र २३ गते हुने महाधिबेसनको उद्धघाटन पुर्ब मन्त्रि परिषदका अध्यक्ष तथा पुर्बप्रधान न्यायधिश खिलराज रेग्मिले गर्ने कार्यक्रम तय भएको छ । महाधिबेसनमा देशभरका शाखाहरुबाट झण्डै २ सय प्रतिनिधिहरुसहभागि हुने केन्द्रिय अध्यक्ष कृष्ण प्रशाद बास्तोलाले जानकारी दिए ।

About the author

tinaufm

Leave a Comment