Local

सिद्धबाबामा नजिकै मोटरसाइकलमा सवार दुई जना तिनाउ नदीको तिरमा खस्दा बाबुछोराको मृत्यु

IMG_4603-copy
Written by tinaufm

६ साउन , बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना बाबुछोराको मृत्यु भएको छ ।

बुटवल दोभान खण्डको तिनाउ गाउँपालिका ३ मा हेडबक्स ड्याम नजिकै लु २१ प ९६८० एफजेड मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सडक छेउमा पल्टिए पनि मोटरसाइकलमा सवार दुई जना भने तिनाउ खोलामा खसेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा पर्नेहरूमा तानसेन नगरपालिका वडा नं. ७ तिन्टी आपका १९ वर्षीय उमेश कुमाल र ४० वर्षीय माधव कुमाल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल अत्यन्त भिरमा रहेको कारण प्रहरीले एक घण्टापछि मात्र डोरीको सहायताले उद्धार गर्न सकेको थियो । दुर्घटना के कारणले भयो भन्ने एकिन नभए पनि ना ३ ख १००८ नंम्बरको ट्रकले झुक्याउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

About the author

tinaufm

Leave a Comment