Local

समृद्धिको शुरुवात र आनन्दको अनुभुतीको आभाष मिल्ने प्रदेशका रुपमा विकास गरिन्छ : मन्त्री केसी

pp-15
Written by tinaufm

१५ असार, बुटवल । आन्त्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले समृद्धिको शुरुवात र जनतालाई आनन्दको अनुभुती भएको आभाष मिल्ने प्रदेशका रुपमा ५ नम्बर प्रदेश बनाउन लागिएको बताउनु भयो ।

उहाँले पुराना शहरलाई संरक्षण गदै नयाँ ठाउको विकास गरी प्रदेशलाई आर्थिक समृद्धिको उदगम स्थलका रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको धारणा राख्नु भयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीको २० औं स्थापना दिवशको अवसरमा शुक्रवार बुटवलमा आयोजित सम्मान तथा स्वागत कार्यक्रममा मन्त्री केसीले सरकारले आउदो भाद्रसम्ममा आवश्यक कानुन बनाई कार्यान्वयनमा ल्याउने समेत बताउनु भयो । प्रदेश ५का चुनौती आत्म हत्या, साईवर अपराध र लागुऔषध रहेको स्पष्ट पादै कानुन निमार्ण संगै क्रमिक रुपमा ति समसयाको समाधान गरिने धारणा राख्नु भयो ।

मन्त्री केसीले प्रदेश ५ तथा बुटवल रुपन्देहीमा विकासका संभावना प्रसस्त रहेकाले पर्यटन व्यवसायीले बुटवलको चिनारी झलकिने परिकार बनाउन ध्यान दिन आग्रह गर्नु भयो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दिल बहादुर मल्लले शान्त , सुन्दर र सभ्य बुटवल शहर बनाउन सकेमात्र यस क्षेत्रमा व्यवसाय फस्टाउने धारणा राख्नु भयो ।

प्रदेश ५को अस्थायी राजधानी समेत रहेको बुटवललाई शान्तिसुरक्षामाको प्रत्याभुती दिलाउन व्यवसायीहरुले रचनात्मक सहयोग गर्नु पर्नेमा प्रनाउ मल्लले जोड दिनु भयो ।

संघका अध्यक्ष समुन्द्र जिसीले उज्यालो बुटवल शहर बनाउनका लागि चौबिसै घण्टा वजार खुल्नु पर्ने बताउदै सरकारले शान्तिसुरक्षाको व्यवस्था मिलाउन माग गर्नु भयो ।

उहाँले पर्यटन व्यवसायीका रुपमा सेवा प्रदान गदै आएका होटल व्यवसायीलाई पर्यटन उद्योगको रुपमा मान्यता प्रदान गर्न समेत माग गर्नु भयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, महा सचिव माधव कुमार खनाल वरिष्ठ उपाध्यक्ष जीवन प्रसाद श्रेष्ठ लगाएतले राज्यले पर्यटन व्यवसायीलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

सोही समारोहमा माध्यमिक शिक्षा परिषद २०७४को एसइइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने व्यवसायीका छोरा प्रशान्त पाण्डे र पिज्मा न्यौपानेलाई सम्मान्न गरिएको थियो ।

त्यसैगरी संघकोे २० औं स्थापना दिवशको उपलक्ष्यमा मणिग्राममा संचालित आत्मशान्ती अनाश्र आश्रमलाई नगद सहयोग गरिएको थियो । त्यसै गरिसंघका महासचिव माधव कुमार खनाल, सदस्यहरु डिल्ली राज अर्याल तुल्सी पराजुली र व्यवसायी माधव खनाल लाई उत्कृठ काम गरेको भन्दै सम्मान गरिएको थियो ।

About the author

tinaufm

Leave a Comment