National

समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरू

baral-1024x683
Written by tinaufm

११ कार्तिक, बुटवल । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आइतबारबाट सुरु गरेको छ ।

प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी ७ वटै प्रदेश र ७७ वटै जिल्लामा एकैसाथ उक्त कार्यक्रम सुरू गरेको हो ।

बुटवलमा आयोजित कार्यक्रमको प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मन्त्री बरालले समुदायको सहभागितामा मात्रै अपराध नियन्त्रण गर्न सकिने भन्दै स्वस्थ समाज बनाउने अभियान प्रभावकारी बन्ने बताए । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण आवश्यक हुने बरालको भनाइ छ ।


कार्यक्रमअन्तर्गत केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिनेछ । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहित समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।


भयमुक्त समाज, गुणस्तरीय शिक्षा, अपराध एवं हिंसाबाट सुरक्षा, शान्ति र स्थायित्व कायम गर्ने कार्यक्रमको लक्ष्य हो । अभियान सफल पार्न टोलटोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम एकसाथ चलाइनेछ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिनेछ ।

About the author

tinaufm

Leave a Comment