National

संघीयता खारेजीको माग राख्दै राजमोले संघिय संसदमा संविधान संशोधन प्रताव दर्ता गर्ने – के सी

42093539_385815325289811_3132200820112621568_n
Written by tinaufm

१ असोज , बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीयता खारेजीको माग राख्दै केही दिनमा संघिय संसदमा संविधान संशोधन प्रताव दर्ता गर्ने बताएका छन् ।
बुटवलमा सोमबार प्रगतिशिल पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले संघीयता देशले धान्न नसक्ने भन्दै संघीयता खारेजीको माग सहित संघिय संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी भएको बताए ।

पत्रकार सम्मेलनमा केसीले एउटा नेपाल चलाउन नसक्नेले सात वटा नेपाल कसरी चलाउन सक्छ ? भन्दै संघीयताले ठूलो खर्चको भारी बोकाएको र त्यसलाई धान्न नसक्ने बताए । उनले ६२ र ६३ को आन्दोलनमा संघियताको कुनै बहस नभएको स्मरण गराउँदै उनले गणतन्त्र संगै शक्ति केन्द्रले संघियता नेपालीलाई बोकाइएको बताए ।
पत्रकार सम्मेलनमा केसीले संघीयतालाई राष्ट्रिय जनमोर्चाले मात्रै नभई काँगेस र नेकपाले पनि नचाएका कारण ढिलो चाँडो खारेज हुने समेत जिकिर गरे ।
उनले बिदेशबाट आउने रेमिटान्सले संघियता धान्न नसकिने बताए । दुई तिहाईको सरकार भए पनि सरकार तस्कर र माफियाको घेराबन्दीमा परेकाले जनता मा शुसासन दिन नसकेको आरोप लगाए ।
केसीले केही शक्तिले सरकार ढाल्ने खेल सुरु गरिसकेको भन्दै उनले संघीयता लाद्ने शक्तिकेन्द्रले नेपालमा स्थायी सरकार चल्न नदिने दाबी गरे ।
अध्यक्ष केसीले सरकार असफलताको दिशामा अघि बढिरहेको भन्दै समय मै कार्यशैली नबदले जनताले विकल्प खोज्ने चेतावनी दिए ।
उनले संघियताको समान्य खर्च धान्नका लागी नेपालीको ढाड सेक्ने गरी कर बढाईएकोमा आक्रोस पोख्दै भने जंगलमा एक मुठा न्याउरोको साग लिएर जिविका चालाउने सामान्य जनतालाई समेत कर थोपारेको छ सरकारले भने यसरी कसरी संघीयता टिक्न सक्छ प्रश्न गरे ।
उनले भने ‘बलात्कारका घटना बढेका छन्, महंगी, भ्रष्टाचार,हिंसा न्युनीकरण भएको छैन अपराधी, तस्कर उम्काइएको छ अब यो सरकारबाट जनताले अब के आशा गर्ने रु’
सातवटै प्रदेशमा बहुमत रहेको सरकारलाई काम गर्न कसैले नरोकेको केसीले बताए । ‘काम गर्न कस्ले रोकेको छ रु’ उनले थपे ँसातै वटा सरकारमा त्यत्रो बहुमत छ, माफिया, तस्कर, ठेकेदारको घेरा तोड्न पनि सरकारले सकेन ।’

About the author

tinaufm

Leave a Comment