Local National

शिव सुवेदी बने बुटवलको मेयर, यस्ता छन सुवेदिका बिकासे योजना

19858770_1522216617830606_2040902934_n

19858770_1522216617830606_2040902934_n

बुटवल, २१ असार । नेकपा एमालेका शिवराज सुबेदी बुटवल उप महानगरपालिकाको मेयर बनेका छन । त्यस्तै सोही पार्टिकी गोमा आचार्य उपमेयर बन्न सफल भईन । सुबेदीले २३ हजार २ सय ४९ मत प्राप्त गरेका छन भने २५ हजार ३ सय १ मत प्राप्त गर्दै आचार्य उप मेयर बनेकी छन । नेपाली कांग्रेस माओवादी गठबन्धनका मेयरका उम्मेद्धवार खेलराज पाण्डेले २० हजार ८ सय ५१ मत पाएका छन । त्यस्तै गठबन्धनकै उपमेयरका उम्मेद्धवार जगत पोख्रेलले १४ हजार ७ सय ९२ मत प्राप्त गरेका छन । सुवेदीले पाण्डेलाई २ हजार ३ सय ९८ मतले पछाडी पारेका हुन भने आचार्यले पोख्रेललाई १० हजार ५ सय ९ मतले पछाडी पारेकी छन । दोश्रो चरणको स्थानिय निकायको निर्वाचनमा कांग्रेस माओबादि गठबन्धनलाई घुडा टेकाउदै नेकपा एमालेले मेयर र उपमेयर दुबै पदमा कब्जा जमाएको हो । नेकपा एमालेले वडा नम्बर १३, १९ र १८ बाहेक सबै वडामा बिजयी भएको छ । एमालेको किल्ला भत्काउन भन्दै गरिएको कांग्रेस माओबादी केन्द्रको गठबन्धन पुरै असफल सावित भएको छ ।एमालेको किल्ला भत्काउन भन्दै गरिएको कांग्रेस माओबादी केन्द्रको गठबन्धन पुरै असफल सावित भएको छ ।

About the author

tinaufm

Leave a Comment