Local

विश्व रेडक्रस दिवसमा रक्तदान कार्यक्रम

evrest blod donetion 1-25
Written by tinaufm

evrest blod donetion 1-25

बुटवल, २५ बैशाख । विश्व रेडक्रस दिवसको अवसर पारेर बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ स्कुल जुनियर रेडक्रस सर्कलले सोमबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक अभिभावक गरि ५० बढीले रक्तदान गरेका थिए । एभरेष्ट ईङ्गलिस बोर्डिङ्ग माध्यमिक विद्यालयका प्राचार्य कृष्ण न्यौपानेको अध्यक्षता तथा बरिष्ठ सहायक प्राचार्य माधव आचार्यको स्वागतमा भएको कार्यक्रममा नेपाल स्वयम् सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, स्टार एट्टिन स्टार्स टिमका अध्यक्ष युवराज बन्जाडे, नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र ईकाई भैरहवाका प्राविधिक हरिप्रसाद सापकोटा, ल्याब टेक्निसियन संगिता शर्मा लगायतले एक ब्यक्तिले गरेको रक्तदानले अर्काे ब्यक्तिको जीवन बचाउन सकिने हुँदा रक्तदान जीवनदान जस्तो महानकार्यमा सबै सरिक हुनुपर्नेमा जोड दिनुभएको थियो । एभरेष्टका सहायक प्राचार्य विष्णु अर्यालको संचालनमा भएको कार्यक्रममा रक्तदान गर्ने सम्पुर्ण सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको अतिरिक्त कृयाकलाप प्रमुख भिमसेन गौतमले जानकारी दिनुभयो ।

About the author

tinaufm

Leave a Comment