National Uncategorized

विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन ले गरेको हड्तालका कारण देशभरका शिक्षण संस्था प्रभावित

thumb_1451293030_5c7768c7ef5261df44fa6d76fd9f069a
Written by tinaufm

thumb_1451293030_5c7768c7ef5261df44fa6d76fd9f069a

३१ साउन, काठमाडौंं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आहृवान गरेको हड्तालका कारण देशभरका शिक्षण संस्था प्रभावित भएका छन् ।

क्रान्तिकारीले निजी स्कुल तथा कलेजको चर्को शुल्क खारेज, पूँजी र बिद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, मनोरञ्चनका क्षेत्रमा बिद्यार्थीलाई ५० प्रतिशत छुट दिन, २० प्रतिशत छात्रबृत्ति प्रदान गर्न माग गर्दै सोमबार र मगलबार शैक्षिक हड्तालको आब्हान गरेका छन् ।

आफ्ना माग पुरा नभए चाँडै नै अनिश्चितकालिन हड्तालमा उत्रिने चेतावनीसमेत क्रान्तिकारीले दिएको छ । शैक्षिक आम हड्तालका कारण देशभर अधिकांश शैक्षिक संस्थाको पठन पाठन प्रभावित भएको हो ।

यसैबीच, ताप्लेजुङमा जारी सामुदायिक विद्यालयको परीक्षामा भने कुनै अबरोध नगर्ने क्रान्तिकारीले जनाएको छ ।

About the author

tinaufm

Leave a Comment