Local

विद्युतीय तार व्यवस्थापन गर्न संगठनको माग

udyog-byapar-sangathan-news-300x225
Written by tinaufm

udyog-byapar-sangathan-news-300x225

रबिन्द्र प्रताप गुप्ता

भैरहवा, १० साउन । उद्योग व्यापार संगठन रुपन्देहीले अव्यवस्थित नाङ्गो तारहरुलाई व्यवस्थापन गर्न माग गरेको छ । संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी नेतृत्वको टोलीले नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरलाई भेटी नाङ्गो तारमा प्लाष्टिकको पाइप लगाई वा अन्य तरिकाले व्यवस्थित गर्न ध्यानाकर्षण गराएको हो ।

सिद्धार्थनगर नगरपालिकाको सडकको दाँया बाँया रहेका विद्युतीय तार घरको नजिकबाट अव्यवस्थित रुपमा लगिएको हुँदा मानिसहरुले ज्यान गुमाउनु परेको संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए । आइतबार सि.न.पा.–३ आँखा अस्पताल अगाडी होटल सञ्चालक प्रकाश घिमिरेको सोही कारणले ज्यान गएको ज्ञवालीले जानकारी दिए । साथै टोलीले १३२ केबीए लाइन विस्तार सम्बन्धि छलफल समेत गरेको संगठनले जनाएको छ ।

उद्योग व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी, निवर्तमान अध्यक्ष खिम बहादुर खत्री, महासचिव अनिल कुमार ज्ञवाली, सचिव दर्पण श्रेष्ठ, सदस्य कृष्ण बहादुर गुरुङ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष रामचन्द्र रेग्मी, महासचिव गणेश बेल्बासे लगायत विद्युत कार्यालय पुगेका थिए ।

About the author

tinaufm

Leave a Comment