National

लोकतान्त्रिक फोरम सरकारमा, गच्छदार उपप्रधानमन्त्री

bijaya-gacchadar_bEyJle6eOw
Written by tinaufm
bijaya-gacchadar_bEyJle6eOw
बैशाख २५, २०७४ काठमाडौं :
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। उनले मन्त्रिपरिषद्‍मा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई सहभागी गराउने भएका हुन्। गच्छदारलाई उपप्रधानमन्त्री सहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । फोरम लोकतान्त्रिकलाई संघीय मामिला तथा स्थानीय विकाससहित तीन मन्त्रालय दिने सहमति बनेको आचार्यले बताए। राप्रापाले सरकार छाडेपछि प्रधानमन्त्रीले लोकतान्त्रिक फोरमलाई सरकारमा सहभागी गराउन लागेका हुन्। संसदको छैठौँ ठूलो दल लोकतान्त्रिक फोरमसँग १७ सांसद छन्।

About the author

tinaufm

Leave a Comment