Local

लुम्बिनी ढुवानी ब्यबसायी संघको चौथो बार्षिक उत्सव सम्पन्न

DSC_4283-768x509
Written by tinaufm

DSC_4283-768x509

हरिश ढकाल
बुटवल, १५ साउन । सवारी साधनको गति कम गरौं, आफु पनि बाँचौ र अरुलाई पनि बचाऔं भन्ने मुल नाराका साथ लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको चौथो बार्षिक उत्सव बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

DSC_4201-768x509

तिन दिनसम्म बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको बार्षिक उत्सव कार्यक्रमको अन्तिम दिन आज बृहत् ट्राफिक जनचेतना र्याली आयोजना गरियो । बुटवलको राजमार्ग चौराहबाट शुरुभएको सो र्याली मिलनचौक, अस्पताललाईन, अमरपथ, गोलपार्क, ट्राफिक चौक, नेपालगन्जरोड हुँदै मजदुर संघको भवनमा पुगेर सभामा परिणत भएको थियो ।

DSC_4191-768x509

सयौं साना तथा मझौला ढुवानीका सवारी तथा ब्यबसायीहरुको सहभागिता रहेको सो र्याली पश्चात ट्राफिक चौक पुगेर मुल सभा गर्ने कार्यक्रम भएपनि बर्षाका कारण कार्यक्रमको स्थान परिवर्तन गर्नु परेको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय ट्रक यातायात ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रानाभाटले राज्यको गलत नितिका कारण यातायात ब्यबसायीहरु धरासायी हुने अवस्थामा पुगेको बताएका थिए । यातायात ब्यबसायी र चालकबिच समन्वयको आवश्यक्ता रहेको उल्लेख गर्दै अध्यक्ष रानाभाटले दुर्घटना न्यूनिकरणमा सबै सरोकारवालाको भुमिका महत्वपुर्ण हुने धारणा ब्यक्त गरे ।

पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक अवधेश बिष्टले सवारी दुर्घटनामा चालक तथा यात्रुको लापरवाही प्रमुख कारण रहेको चर्चा गर्दै सवारी चालकहरु जिम्मेबारी महसुश गर्नेतर्फ सचेत हुनुपर्ने कुरामा जोड दिएका थिए । , नेपाल यातायात मजदुर संघका पश्चिमान्चल क्षेत्रिय अध्यक्ष तथा सुरक्षित यात्रा नेपालका केन्द्रिय अध्यक्ष कृष्ण बेलबासे, पश्चिमान्चल यातायात ब्यबसायी समितिका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य लोकराज पोखरेल लगाएतले साना तथा मझौला ढुवानी ब्यबसायीका समस्या, चुनौती, समाधानका उपाय र अवसरका बारेमा चर्चा गरेका थिए ।

लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघका अध्यक्ष लक्ष्मण क्षेत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष दिनेश थापाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने संघका महासचिव तथा कार्यक्रम संयोजक सुमन सापकोटाले कार्यक्रमको बिषय बस्तु बारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन संघका कार्यालय सचिव दिपकसिंह अधिकारीले गरेका थिए ।

 

About the author

tinaufm

Leave a Comment