Local

लुम्बिनीमा पहिलो पटक भारतका सुप्रसिद्ध गायक कुमार सानुको एकल साझ हुने

IMG_2303-1024x683
Written by tinaufm

८ असार, बुटवल । लुम्बिनी मा पहिलो पटक भारतका सुप्रसिद्ध गायक कुमार सानुको एकल साझ हुने भएको छ । आयोजक इफोर ईन्टरटेनमेन्ट प्रा.लि ले बुटवलमा आज पत्रकार सम्मेलन गरी आगामी भाद्र १ गते मणिग्रामको ड्रिमल्याण्डमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको भारतका सुप्रसिद्ध गायक कुमार सानुको एकल साझ हुने जानकारी गराएको हो ।

भारतका सुप्रसिद्ध गायक कुमार सानुले नेपाली र हिन्दी गरी लगभग ३० भन्दा बढी आफना चर्चित गितहरु सहित लाइभ ब्याण्ड का साथ पस्तुत हुने प्रा.लि का सि ई यो दिपक घिमिरे पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

भारतको प्रख्यात फिल्म फेयर एवार्ड देखि पद्म श्री सम्मको सम्मानबाट सम्मानित भई सकेका गायक कुमार सानु ९० को दशकका सर्वाधिक सफल र रुचाईएका गायक हुन ।

मत अब रिसाउँछु बोल्दै बोल्दिन, पु्रानो हुंदैन माया, फुल भए जिन्दगी देउतालाई चढाईदिन्थे , सपना सपना, भरे आउँछु सपनिमा जस्ता चर्चित नेपाली र एक लड्कीको देखा तो ऐसा लगा ,तेरे दरपे सनम लगायत २० हजार गितहरुमा आफनो आवाज दिई सकेका गायक कुमार सानुको प्रदेश नं. ५ लुम्बिनीमा यो पहिलो एकल साझ हो ।

इफोर ईन्टरटेनमेन्ट प्रा.लि ले लुम्बिनीमा आयोजन गर्ने अन्तराष्ट्रिय स्तरको यस कार्यक्रममा नेपाली चर्चित गायिका देविका बन्दनाले पनि कुमार सानु संगै आफनो प्रस्तती दिनु हुने भएको छ । दर्जनौ काल झैं नेपाली गितहरुमा आफनो आवाज दिई सकेका सुप्रसिद्ध गायक कुमार सानु ले गत बर्ष काठमाण्डौंमा आफनो प्रस्तुती दिईसकेका छन् ।

About the author

tinaufm

Leave a Comment