Local

रुपन्देही उद्योग संघमा कर प्रशिक्षण कार्यक्रम सम्पन्न

0
Written by tinaufm

0

बुटवल, चैत्र ३०
रुपन्देही उद्योग संघमा बुधबार कर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष दिनेशराज रेग्मीको अध्यक्षता र निवर्तमान अध्यक्ष बोनिन पियाको आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रम रुपन्देही उद्योग संघ र आन्तरिक राजस्व कार्यालय बुटवलको सहकार्यमा सम्पन्न भएको हो ।
संघमा आवद्ध सदस्य उद्योगीहरु र उद्योगमा काम गर्ने लेखापालहरुको सहभागिता रहेको कार्यक्रममा संघका अध्यक्ष दिनेशराज रेग्मीले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नु भएको थियो । अध्यक्ष रेग्मीले उद्योगी र कर कार्यालयबीचको सम्बन्धले औद्योगिक विकाससँगै राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताउँदै उद्योगीहरुका विविध समस्याहरु समाधानका लागि रुपन्देही उद्योग संघ सदैव तत्पर रहेको बताउनु भएको थियो । कार्यक्रमका अतिथि संघका निवर्तमान अध्यक्ष बोनिन पियाले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागु गर्न आग्रह गर्दै उद्योगिका लागि आवश्यक प्रशिक्षणलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत श्री सुरज ढुङ्गाना र श्री सुरज बि.क.ले गर्नुभएको थियो । प्रशिक्षणमा सहभागीका तर्पmबाट उठेका कर सम्बन्धी जिज्ञासाहरुलाई प्रशिक्षक द्वयले प्रष्ट पार्नु भएको थियो ।
संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, विभिन्न वस्तुगत समितिका संयोजकहरु एवं उद्योगीहरुको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमको संचालन संघका महासचिव माधबप्रसाद पौडेलले गर्नु भएको थियो ।

About the author

tinaufm

Leave a Comment