Local

रुपन्देहीको सैनामैनामा विङ्गरले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु, स्थानीयले विङ्गर जलाए

1
Written by tinaufm

३१ साउन , बुटवल । सैनामैना ४ मुर्गिया लायन्स चौक नजिकै लु. १ ज. २७२८ नम्बरको  विङ्गरले लु १ प ७७४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकल चालक सैनामैना ४ का ४० बर्षिय शेरबहादुर कुवरको ज्यान गएको छ ।

कलिपवस्तुको जीतपुरबाट बुटवल तर्फ आउदै गरेको विङ्गरले सैनामैना १ रानिवगीयाबाट रामापुर तर्फ जादै गरेको मोटरसाईकललाई ठक्कर दिएको हो ।

आफ्नो साईडबाट हिडेको मोटरसाईक बाटोको छेऊमा गएर तिब्र गतिमा रहेको विङ्गरले ठक्कर दिएको प्रत्यक्षर्शीले जनाएका छन् ।

विङ्गर चालकले गम्भिर गल्ती गर्दै बोटोको बायाँ साईडबाट हिडेको मोटरसाईकलाई ठक्क्र दिएपछि स्थानियहरुले आक्रोसित हुदै विङ्गरमा आगो लगाएका हुन । आगो निभाउनको लागि बुटवलबाट दमकल समेत गएको थियो ।

विङ्गरको लापरवाहीले गम्भिर दुर्घटना भएको भन्दै आक्रोसित स्थानियहरुले पुव पश्चिम राजमार्गको मुर्गियामा सडक अवरोध गरेका थिए ।

 

About the author

tinaufm

Leave a Comment