National

राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा धुर्मुस–सुन्तलीको चौथो एकीकृत बस्ती हस्तान्तरण

santapur_2_HAKJC8j3rc
Written by tinaufm

रौतहट–धुर्मुस सुन्तली फाउन्डेसनले बाढी पीडितलाई लागि रौतहटको सन्तपुरमा निर्माण गरेको एकीकृत नमुना बस्तीको एक समारोहका बीच हस्तान्तरण गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले बस्ती हस्तान्तरण कार्यक्रमको उद्घाटन गरिन् ।
पाँच करोड ९५ लाख रुपैयाँमा तयार भएको सन्तपुर बस्तीमा ४५ घर, सामुदायिक भवन, मन्दिर, आधारभुत तहको स्कुल, बगैँचा र भ्यू–टावर निमार्ण गरिएको छ । भुकम्प प्रतिरोधी प्रत्येक घर दुई तलाको निमार्ण गरिएको फाउन्डेसनले जनाएको छ । प्रत्येक घरमा खानेपानीको धारा र अच्याड बाथरुमको ब्यवस्था गरिएको छ ।
घर भुकम्प प्रतिरोधी हुनुका साथै अपाङ्ग तथा बालमैत्री संरचनामा निर्माण गरिएको कलाकार सीताराम कट्टेलले जानकारी दिए । यी घरमा सन्तपुरका माझी, मुसहर, दुसाद, लोहार, हजाम समुदायका परिवारले बसोबास गर्नेछन् ।
स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगबाट यो बस्ति निर्माण गरिएको हो । बस्ती निमार्ण सम्पन्न भएपनि अझै रकम अभाव रहेको फाउण्डेशनले जनाएको छ । बस्ति हस्तान्तरण कार्यक्रममा महजोडी, विभिन्न क्षेत्रका ब्यक्तित्वहरु, कलाकारहरु र स्थानीयको सहभागिता रह्यो ।

About the author

tinaufm

Leave a Comment