Local

रायमाझी कुलदेवता नगर समितिको नयाँ कार्यसमिति चयन

20160827_091906
Written by tinaufm

20160827_091906

२४ असार, बुटवल /  रायमाझी कुलदेवता नगर समिति बुटवलले आज नयाँ कार्य समित चयन गरेको छ । पुरानो तदर्थ समिति र नगर भित्र बसोबास गर्ने सम्पूर्ण रायमाझी बन्धुहरुको एक भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । राजेन्द्र सिंह रायमाझी को अध्यक्षतामा १३ सदस्सिय कार्य समिती चयन गरेको छ । जसमा उपाध्यक्ष भगवती रायमाझी , सचिब रामु रायमाझी, सहसचिब बिजय रायमाझी , कोषाध्यक्ष लक्ष्मी रायमाझी, सहकोषाध्यक्ष नविन रायमाझी सदस्यहरुमा हुमबहादुर रायमाझी, नारायण रायमाझी, तारा रायमाझी, नगेन्द्र रायमाझी, सुवास रायमाझी, गोकर्ण रायमाझी र संगिता रायमाझी चयन हुनु भएको छ । त्यसै गरी भेलाले संरक्षक नारायण रायमाझी , सल्लाहकारहरुमा भिम बहादुर रायमाझी , दिपक रायमाझी र प्रेस सल्लाहकारमा पत्रकार राजेन्द्र जङ्ग रायमाझी लाई चयन गरेको छ । तदर्थ नगर सिमितिका अध्यक्ष राजेन्द्र सिहं रायमाझीको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख संरक्षक नारायण रायमाझीको प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन समितिका सचिब रामु रायमाझी ले गर्नु भएको थियो । भने सम्पन्न भेलामा बुटवल भरी बसोबास गर्ने ५६ जना भन्दा बढी संख्यामा रायमाझी बन्धुहरुको उपस्थिती रहेको थियो

About the author

tinaufm

Leave a Comment