Local

राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डामा कुनै सम्झौता हुदैन – कमल थापा

kamal-thapa
Written by tinaufm
kamal-thapa
कपिल ज्ञवाली/बुटवल,बैसाख ६ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डामा कसैसंग कुनै सम्झौता नहुने बताएका छन् । आफु सरकारमा भएपनि पार्टिको एजेन्डा नछाड्ने उनको भनाइ छ ।

बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने–‘पार्टीको विधान संशोधन गर्ने अधिकार निर्वाचन आयोगलाइ छैन’,हामी देशभर आन्दोलनमा जान्छौं ।’
‘निर्वाचन आयोगले पार्टिको बिधानमाथि प्रश्न उठाउने र फेर्ने हैसियत राख्न सक्दैन,तत्काल आयोगले कदम सञ्चाओस् ’ उनले भने ।

उपप्रधानमन्त्री समेत रहेका थापाले मधेशी मोर्चाले मात्रै चुनाव वहिष्कार गर्नुको औचित्य नरहने बताउदै मोर्चा पनि चुनावमा आउने बिश्वास ब्यक्त गरे ।
बैशाख ३१ मै स्थानीय तहको चुनाव हुने उनले दाबि गरे । मोर्चा चुनावमा आए केही क्षेत्रमा मात्रै दोस्रो चरणमा चुनाव गर्न सरकार तयार रहेको पनि उनले बताए ।
पार्टीको चुनाव चिन्ह गाइ रहेपनि संरक्षण हुन नसकेको भन्दै पत्रकारले गरेको प्रश्नमा उनले भने—‘जंहा जंहा चुनाब जितिन्छ त्यहा त्यहां गाइ संरक्षणका लागि गौशाला निर्माण गर्छौं’ ।

About the author

tinaufm

Leave a Comment