National

मौका दिए यो देशलाई दश बर्षमा समृद्ध बनाउँछौ – रविन्द्र मिश्र

Ravindra-mishra-live-2
Written by tinaufm

Ravindra-mishra-live-2

काठमाडौ, बैशाख ८ – साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दश बर्षभित्रमा मुलुकलाई समृद्ध बनाउने घोषणा गरेका छन् । शुक्रबार रातोपाटीको अनलाइन टिभि कार्यक्रम ‘वारपार’मा पुर्व सञ्चारकर्मीसमेत रहेका मिश्रले नेपाललाई समृद्ध बनाउने सपना बोकेर नै साझा पार्टी निर्माण गरेको दावी पनि गरे । मिश्रले भने, ‘साझा पार्टीका आदर्श र विचार चार खम्बा हो, यो चार खम्बा बलियो भएमात्र सुसँस्कृत समाज र सहभागिता मुलक लोकतन्त्रको विकास गर्न सकिन्छ’ आफ्नो पार्टीले कल्याणकारी उदारवादी अर्थतन्त्र अंगाल्ने भन्दै पुराना राजनीतिक दलहरु असफल भएको मिश्रको भनाई थियो ।

यस्ता छन् मिश्रसँग रातोपाटी फेसबुक लाइभमा गरिएको कुराकानीका मुख्य अंशः
–साझा पार्टीमा जतिजना सहभागि भएका छन् उनीहरुले बुझ्नुपर्छ कि चुनौति छ तर असम्भव छैन ।
–जीवन अलि तलमाथि भएको छ, दैनिकी अलि फरक भएको छ
–पार्टी सफ्ट लञ्च पनि भएको छैन, केही साथीहरु सार्वजनिक भएको छ, केही बाँकी छ
–स्थानीय चुनाव सकिने वित्तिकै देशभरि संगठन निर्माणमा जान्छौ
–दस्तावेजहरु तयार भइसकेको छ ।
–अब फर्किने ठाउँहरु छैन, रोकिएला जस्तो छैन ।
–नेपालमा आन्दोलनकै विचमा परिवर्तनहरु भएका छन् ।
–आन्दोलन नेपालीको लागि नियति भएको छ ।
–मनस्थितिमै आन्दोलन छ, यो नौलो कुरा होइन ।
–हाम्रो सगठन निर्माण नभइसकेकाले सबै ठाउँमा उम्मेदवारी नदिएका हौ ।
–हामीसँग नजिक रहेका र क्षमतामा विकास गर्नेहरुलाई त्यस्तै उम्मेदवारलाई मत हाल्नुस् ।
–हाम्रो जग बलियो बनाउनुपर्छ, कार्यालय बलियो बनाउनुपर्छ, दस्तावेज बनाउनुपर्नेछ ।
–किशोर थापा मेयर काठमाडौ महानगरपालिका लागि हो ।
–एकजान मात्र उम्मेदवार छन् हाम्रा ।
–ल्याव स्कूलका साथिहरु, विभिन्न क्षेत्रका साथीहरुले सहयोग गरिरहेका छन् ।
–पार्टी निर्माणका लागि केही नेपाली साथीहरुले सहयोग गर्नुभएको छ, पार्टी निर्माण भएपछि हामीले सार्वजनिक गर्नेछौ ।
–हामीसँग सोचाई मिल्ने धेरै कम राजनीतिक दल छन् ।
–हामीसँगै सोचाई राख्ने दलसँग मिल्न सकियो भने सबैका लागि राम्रो हुन्छ ।
–हाम्रो दलसँग मिल्ने विवेकशिल पार्टी रहेको छ ।
–साझा पार्टीका आदर्श र विचार चार खम्बा हो ।
–यो खम्बा बलियो भएपछि सुसँस्कृति निर्माण गर्नेछ ।
–सहभागिता मुलक लोकतन्त्रको विकास गरेका छौ ।
–कल्याणकारी उदारवादी अर्थतन्त्र हुनेछ ।
–त्यसैको सेरोफेरोमा रहेर पार्टी निर्माण गर्नेछ ।
–वैकल्पिक राजनीतिक सुसँस्कृत हो, वैकल्पिक राजनीतिक उभार राजनीतिक मात्र होइन
–वैकल्पिक राजनीतिकसँग पद्धति हुनुपर्छ ।
–वैकल्पिक राजनीतिकसँग वहकावको काम पनि भइरहेको छ ।
–यो शहरको भविष्य कसको हातमा दिनुपर्छ ।
–मेयर मन्त्रीभन्दा पावरफुल हुनुपर्छ ।
–मेयरले अर्वौको बजेट चलाउनु सक्नुपर्छ ।
–मेयरले अन्तराष्ट्रिय दातृ निकायसँग छलफल गर्नुपर्छ ।
–त्यसका लागि किशोर थापा उपयुक्त हुनुहुन्छ ।
–यो शहरलाई पाँच वर्षभित्रमा परिवर्तन गर्नुहुन्छ ।
–यहाँका धुलो धुँवाले छाती खराब गरिरहेको छ ।
–ट्राफिक जाममा सबै परिरहेका छन् ।
–यो सबैको समाधान किशोर थापाले गर्नुहुन्छ ।
–भ्रष्टाचार भयो भयो भन्ने, नेताले काम गरेन भन्ने, पछि त्यही नेतालाई भोट हाल्ने काम गरेका छन्
–बेलायतमा भोट हालेर रोएको थियो, यो अवस्था नेपालमा नआवस्
–किशोर थापा जस्तो उम्मेदवार खराब हो भन्नुपर्छ नभए अब सोच्ने बेला आएको छ
–हामी विधिको शासनमा विश्वास गर्छौ ।
–चित्त नबुझे संसद अवरोध गर्ने, चित्त नबुझे सडक जाम गर्छन्,
–हामी आम हडताल गर्दैनौ, भित्ते लेखन गर्दैनौ, कर्मचारीलाई राजनीतिकमा राख्दैनौ
–विद्यार्थीलाई राजनीतिकमा राख्दैनौ ।
–हामी एउटा जहाजमा यात्रा गरिरहेका छौ, सिगौं जहाज डुब्ला कि भने डर छ
–जहाज डुब्यो भने सबै डुब्छ ।
–हामी जस्तै स्थिर देशमा थुप्रै जहाज डुवेका छन्
–यहाँ ढुक्क हुने अवस्था छैन ।
–काम जान्नेका लागि रोजगारको सृजना गर्नुपर्छ
–जहाँ रोजगारी छ त्यहाँ आन्दोलनमा हिड्दैन ।
–हामी नीति तथा कार्यक्रम बनाउँछौ अनि यी कुराहरु आउँछ ।
–नेपालको अन्तराष्ट्रिय सम्बन्ध भूराजनीतिक अवस्थाका कारण यस्तो भएको छ ।
–प्रधानमन्त्रीको कार्यकक्षमा डाइरेक्ट जान्छ ।
–परराष्ट्रमन्त्रालय मार्फत जानुपर्ने तर प्रधानमन्त्रीको सचिवालयमार्फत डाइरेक्ट जान्छ ।

–कुनै विदेशी आउँदा प्रधानमन्त्रीहरु होटलमा लाइन लाग्छ ।
–आफ्नो स्वार्थ पूर्ति भयो भने लम्पासार पर्ने र स्वार्थ पुरा भएन भने राष्ट्रवादको नाममा तथानाम गाली गर्ने ।
–नेपाल जस्तो देशका लागि सद्भाव जस्तो कुटनीति हुनुपर्छ ।
–हामी इमान बेचेर काम गरेका छैनौ ।
–स्वार्थपूर्तिका लागि राजनीतिक गरेका छैनौ ।
–यो देशमा ओहदा पाउन गाह्रो छैन ।
–नेपाल देशमा राष्ट्रियता धेरै जब्बर बलियो छ ।
–यसमाथि धेरै प्रहार भयो तर अहिले पनि अखण्ड छ ।
–हामी नेपाली आपसमा बाँधिनु नै राष्ट्रियता हो ।
–यो कुरा तराई, पहाड र हिमालका जनताले महसुस गरेको छ
–हामी संसदमा छैनौ, धारणा बनाउनु नबनाउनुको अर्थ छैन ।
–संसद हामी लोकतन्त्र बलियो बनाउनका लागि बनाएका हौं
–संसदको विचार मुख्य हुन्छ तर हामी तपाई सबैको विचार सम्प्रेशित हुन्छ त्यो कस्तो संसद ?
–तर बलको भरमा संसद अवरोध गर्छ भने देशको अवस्था धेरै दिनसम्म यस्तै रहि रहन्छ
–विजुलीको खम्बा र कुकुर जस्तो सम्बन्ध हुन्छ, पत्रकार र राजनीतिक दलकबीच
––राजनीतिक दल र पत्रकारबीच सम्बन्ध हुनुपर्छ, तर अलि दुरी बढाएर ।
–नेपाली मिडियाको प्रोफेशनालिज्म बढाउनुपर्ने देखिन्छ ।
–मिडियाको विकास भएको छ, तर तालिमको अभाव छ ।
–मिडिया मालिक र पत्रकारबीचका सम्बन्ध नेपालमा मात्र होइन विश्वभरि नै जटिल छ
–मिडिया मालिकलाई नाफा चाहिन्छ तर पत्रकारलाई जब्बर समाचार चाहिन्छ
–सम्पादकीय पक्ष बलियो भइ दियो भने अडियन्स बढ्छ र यसले फाइदा हुन्छ
–मिडिया मालिकले सम्पादकीयको कुरा बुझ्नुपर्छ
–पहिला नेपालीले गर्नुपर्छ सकेन भने मात्र विदेशीको सहयोग लिनुपर्छ ।
–हामीले धेरै काम गरेका छौ नेपालीको पैसाबाट गरेका छौ
–बाँकी पैसा हेल्पलाइन नेटवर्कको खातामा छ
–कसैलाई हिसाब चाहिन्छ भने अफिसमा गएर लिँदा हुन्छ
–मह काढ्नेले हात मात्र चाट्ने होइन, हात पनि धुनुपर्छ
–म हेल्पलाइनबाट अलग भएको छु
–म आमाको कसम खाएका पनि छौ
–म पैसाका लागि पोल्टिक्समा आएको भए जागिर नै छाड्ने थिइनन्
–हामी देश बनाउनका लागि नै आएका हौं
–राजनीतिक ठूलो दायराको सेवा हो
–सविधानले जे कुराको प्रवद्र्धन गरेको छ त्यसलाई स्वीकार गरेर जान्छौ
–निर्वाचन आयोगलाई घरेर चुनाव चिन्ह पाउन सकिदैन
–अदालतबाट धेरै समाधान खोज्नुपर्छ
–धर्ना गरेर, बाटो घेरेर सबै कुरा खोज्नु हुनुहुँदैन
–चुनाव चिन्हको विवाद अदालतबाट समाधान गर्नुपर्छ
–समग्र देशको विकास गर्नका लागि राजनीतिक नै गर्नुपर्छ,
–काम गर्नका लागि नेता बन्नु हुँदैन तर समग्र देशको परिवर्तनका लागि नेता बन्नुपर्छ
–धुर्मुस सुन्तलीलाई पुजा गर्नुपर्छ, उहाँले जे काम गर्नुभयो त्यो असाधारण काम हो
–उहाँहरुलाई सधै श्रद्धा गर्नुपर्छ
–अहिलेको यथार्थ धरातल के हो भने अहिलेको राजनीतिक दलले देशमा परिवर्तन गर्न सक्दैन
–नेपाल जस्तो स्रोत, साधन भएको देशलाई समृद्ध गर्न १० वर्ष लाग्छ
–यो देश यति सम्पन्न हो कि एकपटक ट्रयाकमा आयो भने आफै अगाडि बढ्छ
–समृद्धि आफ्नै जीवन कालमा सम्भव छ।
–जनताले गलत ठाउँमा भोट हाल्छ कि साझा पार्टीका लागि ठूलो चुनौति हो ।
–चुनावमा मान्छे भावनामा बहकिने हो कि भने डर छ ।
–बहकियो भने यो शहरमा फेरि ब्रेक लाग्छ ।

रातोपाटीबाट साभार गरिएको हो

About the author

tinaufm

Leave a Comment