Local

माओबादी केन्द्रका घर्ती बने प्रदेश ५ का सभामुख

27750530_1808230102544460_8563292733852754558_n
Written by tinaufm

२ फाल्गुन, बुटवल
प्रदेश ५ को सभामुख मा नेकपा माओबादी केन्द्रका पूर्ण बहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकले संविधानको धारा १८२ को उपधारा २ अनुसार निर्विरोध चयन गरेको हो । बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताब पेश गरेका थिए भने अर्का सांसद भुमेश्वर ढकालले समर्थन गरेका थिए । सभामुख भए पछि घर्तीले नयां जिम्मेवारी पुरा गर्न सबै पार्टी र सांसदहरुसंग सहकार्य गरेर अघि बढ्ने बताए । बैठकले उपसभामुखको निर्वाचन आगामी फाल्गुन ६ गतेका लागी तोकेको छ ।

About the author

tinaufm

Leave a Comment