Sports

मनमोहन नकआउट फुटवल प्रतियोगितामा वडा नं-१० फाईनलमा

बुटवल, जेठ ३२
बुटवलमा जारी १४ औं मनमोहन स्मृती रनिङ शिल्ड नकआउट फुटवल प्रतियोगिता –२०७३ मा वडा नं – १० फाईनलमा प्रवेश गरेको छ । आज भएको अत्यन्तै प्रतिस्पर्धात्मक सेमीफाइनल खेलमा वडा नं-९ लाई ट्राइबेकरमा ३–२ ले हराउँदै वडा नं-१० फाईनलमा प्रवेश गरेको हो । बुटवल ९ स्थित सिद्देश्वरी लाल कुमारी उच्च माविको खेल मैदानमा भएको खेलको चौथो मिनेटमा पेनाल्टी मार्फत वडा नं-१० का महेश अस्लामीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको २७ औं मिनेटमा वडा नं-९ का सोम लामाले गोल गर्दै टिमलाई १–१ को बराबरीमा पुराए । निर्धारित समयको खेल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । प्रतियोगितामा वडा नं-१० का गोल किप्पर किशोर थापा म्यान अफ दि म्याच घोषित भए भने वडा नं-९ का सुरेश गुरुङ पहेलो कार्डको सामना गरे ।
बुटवल उपमहानगर पालिकाका विभिन्न १८ वटा टिमको प्रतियोगितामा सहभागिता रहेकोे कमिटिका सह सचिव एवं प्रचारप्रसार संयोजक विकाशजंग बस्नेतले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा उपविजेताले नगद २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने युवा संघ बुटवल उपमहानगरकमिटिका अध्यक्ष धनसिंह खाम्चाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक, सर्वा्धिक गोलकर्ता लगाएतका विभिन्न विधामा खेलाडिहरुलाई पुरस्कृत गरिने छ । बुटवल उपमहानगर पालिका प्रमुख प्रायोजक रहेको प्रतियोगिता को फाईनल खेल वडा नं-८ र वडा नं-१० का बीच असार २ गते हुने खेल संयोजक गणेश थापाले जानकारी दिए ।

About the author

tinaufm

Leave a Comment