Local

मधेशी मुश्लिम महिला नेतृत्व लिन तयार

DCIM105MEDIA
Written by tinaufm

DCIM105MEDIA

लुम्बिनी २५ बैषाख । स्थानीय निर्बाचनको मुखमा पछाडी पारिएका मधेशी र मुश्लिम महिलाहरु नेतृत्व लिन तयार हुनु पर्ने कुरा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
सो कुरा लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोग तथा लुम्बिनी आर्दश महिला समुह द्वारा आयोजित तीन दिवसीय नेतृत्व बिकास तालिममा सहभागीहरुले जोड दिएका हुन ।
समापन समारोहमा तालिममा सहभागी अल्प संख्यक मुश्लिम महिला सहीदुन निशा खातुनले पुरुषप्रधान समाजमा पछाडि पारिएका महिलाहरु स्थानीय निर्बाचनमा समान सहभागिताका लागि तयारी अवस्थामा रहेको बताईन ।
उनले स्थानीय निर्बाचनमा प्रमुख र उपप्रमुख मध्ये एक स्थान महिलाहरुलाई अनिवार्य सहभागी गराउने नीतिले महिलाहरु उत्साहित भई सहभागीताका लागि गाँउ देखि शहर सम्म प्रतिस्पर्धामा उत्री सकेको जानकारी गराईन ।
कार्यकममा लुम्बिनी आर्दश महिला समुहका अध्यक्ष लक्ष्मी मिश्राले महिलाहरुलाई ५० प्रतिशत आरक्षण वा बिशेषाधिकारको ब्यवस्था गरि राज्यको हरेक निकायमा सहभागिता गराउनु पर्ने माँग समेत गरिन ।
सो अवसरमा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष नीरुगौतम,नगरस्तरीय महिलासमन्वय समितीका अध्यक्ष रागिनी श्रीवास्तव, कार्यकारी नगरअधिकृत यमबहादुर कुँवर लगायतले महलिा सहभागतामा जोडदिएका थिए ।
करीब चारदर्जन महिलाहरुको उपस्थिीतीमा प्रशिक्षक प्रदीप आचार्य,नीरुगौतम र अजय सिंहले नेतृत्वबिकासको सैद्धान्तिक तथा ब्यवहारिक पक्ष बारे सहजीकरण गरेका थिए ।

About the author

tinaufm

Leave a Comment