National

मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारले चुम्यो,सर्बोत्कृष्ठ खेलाडी मनाङ मस्र्याङदीका अञ्जन बिष्ट

IMG_1039-copy-1024x683
Written by tinaufm

१९ चैत, बुटवल । एक महिनाको अन्तरमा चर्चित रुस्लान थ्रिस्टार क्लब ललितपुरले सर्वाधिक धनराशिको मदनभण्डारी अन्तराष्ट्रिय गोल्डकपको उपाधी चुमेको छ ।

चर्चित मनाङ्ग मस्याङदी क्लब काण्ठमाडौंलाई २—१ गोल अन्तरले हराउँदै थ्रि स्टारले उपाधि कब्जा गरेको हो । थ्रिस्टारले १५ लाख नगद सहित कप मेडल प्राप्त गरेको छ । मनाङले भने ७ लाख ५० हजार नगद र कपल मेडलमा चित्त बुझायो ।

खेलको २ मिनेटमा मनाङका बिशाल रानाले गोल गरे । दोस्रो हाफमा रुस्लान थ्रिस्टारका अनन्त तामाङले गोल गरेर बराबारी पु¥याए । सुनिल बलको पासमा तामाङले ६९ औं मिनेटमा गोल गरेका हुन । दोस्रो हाफमा दुवै टिम निकै आक्रामक रुपमा खेलमैदानमा उत्रेका थिए । मार्टिनले खेलको ८२ औं मिनेटमा एक गोल गरेर थ्री स्टार खेललाई अग्रता दिलाए ।

खेलमा ७ औं मिनेटमा मनाङका सुजन श्रेष्ठले पहिलो पहेलो कार्ड पाए । १९ औं मिनेटमा थ्रिस्टारका विजय धिमाल,३६ औं मिनेटमा थ्रिस्टारकै विजय चेम्जोङ्ग, ४५ औं मिनेटमा मनाङ्गका डोना थापाले पहेलो कार्ड पाए ।

त्यसपछि लगातार खेलमा थ्रिस्टारका विमल घर्तीमगर, पिटर र मनाङ्गका सुजल श्रेष्ठले पहेलो कार्ड पाए ।

१५ दिनभित्र बुटवलमा दोश्रो उपाधि जितेको थ्री स्टारको यो वर्षको यो चौथो उपाधि हो । बुटवलमा उसले १५ दिनअघि तिलोत्तमा गोल्डकपको उपाधि उचालेको थियो ।

प्रतियोगितामा मनाङ मस्र्याङदीका अञ्जन बिष्ट सर्बोत्कृष्ठ खेलाडी भएका छन । उनले नगद ५० हजार पाएका छन । सर्बाधिक गोलकर्ताको पुरस्कार पनि बिष्टले नै जितेका छन । सर्बाधिक गोलकर्ताको १५ हजार पुरस्कार पाएका छन ।

त्यस्तै उत्कृष्ठ गोल किपर मदन भण्डारीका बिनायक श्रेष्ठ, उत्कृष्ठ गोलरक्षक थ्रीस्टारका पिटर, उत्कृष्ठ मध्यपंतीमा निराजन खडका , उत्कृष्ठ फरवार्डमा मार्टिन र उत्कृष्ट कोचमा मेघराज केसीले परस्कार जितेका छन । उनीहरुले पन्ध्र पन्ध्र हजार रुपैया प्राप्त गरेका छन ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मनाङ्ग मस्याङदीका अज्जन बिष्टले नगद ५० हजार सहित कप मेडल प्राप्त गरेका छन । यसैगरि प्रतियोगिताको दुई सेमिफाईनलमा पुग्ने आयोजक मदन भण्डारी स्पोर्टिङ एकेडेमी र बुटवलको सुनौलो संगम युवा क्लबले नगद १ लाख पुरस्कार प्राप्त गरेका छन् ।

मदन भण्डारी स्र्पोट्स एकेडेमी प्रदेश ५ को आयोजनामा चैत ९ गतेदेखि बुटवलमा तेस्रो अन्तराष्ट्रिय मदनभण्डारी गोल्डकप भएको थियो । प्रतियोगितामा विभागिक टिम नेपाला आर्मी, नेपाल प्रहरी, रुस्लान थ्रिस्टार, एपिएफ, मनाङ मस्र्याङदी, मदनभण्डारी एकेडेमी, सुनौलौ संगम, झाप ११, सुदुर पश्चिम ११ र मलेसियाको हिमालय एफसिको सहभागिता रहेको थियो ।

About the author

tinaufm

Leave a Comment