Local

मकालु स्वास्थ्य उपचार केन्द्रद्धारा बिरामीलाई निशुल्क सेवा प्रदान

makalu-upachar-kendra
Written by tinaufm

२९ भदौ, बुटवल । मकालु स्वास्थ्य उपचार केन्द्रले आज बिरामीहरुलाई निशुल्क उपचार प्रदान गरेको छ । बुटवल ५, नेपालगंज रोड स्थित मकालु उपचार केन्द्रले शुक्रबार बिहान सुगर र पे्रसरका ३० जना बिरामीलाई निशुल्क सेवा प्रदान गरेको हो । तिस जना बिरामी मध्ये १६ जना पुरुष र १४ जना महिलाले निशुल्क उपचार सेवा लिएका थिए । भने त्यस मध्ये पाल्पाका  ९१ बर्षिय बृद्ध गुन बहादुर रुचालले समेत निशुल्क सेवा लिएका थिए ।

सामाजिक दायित्वलाई आत्मसाथ गर्दे गरिब बिपन्न तथा बृद्धबृद्धा समुदायलाई लक्षित गरी स्वास्थ्य केन्द्रले विगत देखि नै यस्ता किसिमका निशुल्क सेवा शिविर प्रदान गर्दे आई रहेको सञ्चालक राजु थापाले बताउनु भएको छ ।

यस मकालु स्वास्थ्य उपचार केन्द्रमा होमियोप्याथीक चिकित्सा पद्धतिद्धारा उपचार गरिन्छ ।

About the author

tinaufm

Leave a Comment