Local

भोली देखी सुरु हुने मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा

881263957madan
Written by tinaufm

८ चैत, बुटवल । बुटवलको रामनगर खेल मैदानमा भोलीदेखि सुरु हुने तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ को आयोजनामा हुने प्रतियोगिताको भोली मध्यान्ह राष्टपति बिद्यादेबि भण्डारीले उदघाटन गर्नु हुने छ । राष्टपति भण्डारी मध्यान्ह साढे १२ बजे बुटवल आउनु हुने तय भएको छ ।
बुटवलको रामनगरमा रहेको मानबिज्ञान उच्च माबिको खेलमैदानमा १० दिनसम्म प्रतियोगिता चल्ने प्रतियोगिताको सबै तयारी पुरा भएको एकेडेमीका प्रदेश सचिव  मेघराज भट्टराईले बताउनुभयो । प्रतियोगितामा मेलसीयाको एक र नेपालका ए डिभिजनका ९ गरी १० टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले १५ लाख नगद तथा दोस्रोलाई ७ लाख ५० हजार रुपैयाँ पुरस्कार दिइने  छ ।

त्यस्तै सेमिफाइनलमा पुग्ने २ टिमले नगर एक एक लाख पाउने छन । प्रतियोगिता अवधीका लागि प्रत्येक खेलाडीलाई ३ लाखको बिमाको समेत व्यवस्था गरीएको सचिव   भट्टराईले जानकारी दिनुभयो ।

भोली उदघाटन खेलमा मदन भण्डारी स्पाटर्स एकेडमी काठमाण्डौ र सुदुरपश्चिमाञ्चल कैलालीका बीचमा प्रतिष्पर्धा हुने छ ।
राष्टपति भण्डारीले उदघाटन गर्ने प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने अहिले नै तय गरी सकिएको छ ।

About the author

tinaufm

Leave a Comment