Local

भैरहवामा भोली कांग्रेसको आमसभा शिर्ष नेताहरुले सम्बोधन गर्ने

IMG_9646-768x512

IMG_9646-768x512

भैरहवा २८ चैत । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै मगंलवार (भोली) भैरहवामा नेपाली कांग्रेसले चुनावी आमसभा गर्दैछ । भैरहवाको गल्लामण्डी स्थित हनुमान मन्दिर परिसरमा हुने आमसभाको सवै तयारी पुरा भएको पार्टीले जनाएको छ ।
उक्त सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंसाक कोइराला लगायतका केन्द्रीय नेताहरु आउने सोमवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति अब्दुल रज्जाकले बताए । चुनावी माहोल बनाउँदै शान्ति र सद्भाव कायम गर्ने उदेश्यले सभाको आयोजना गरिएको र हिमाल, पहाड र तराईबाट समान प्रतिनिधित्व हुने गरी सभामा जनतालाई ल्याइने जिल्ला सभापति एवं सासंद रज्जाकले बताए । उनका अनुसार पार्टी एक रहेको तथा पछिल्लो समय विपक्षीले काग्रेस माथी लगाएको भ्रम चिर्न समेत सभाको आयोजना गरिएको हो । नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान निमार्ण भएकाले अव संविधान कार्यान्वयनकालागी समेत काग्रेसले नेतृत्व लिनु पर्ने उनले बताए । सविधान कार्यान्वयनका लागी निर्वाचन अपरिहार्य रहेको र निर्वाचनमा मधेसी मोर्चालाई समेत सहभागी गराउन कांग्रेसले धेरै प्रयास गरेको भन्दै उनले मोर्चा पनि सहमतिमा आएर चुनावमा सहभागी हुने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसका सांसद एवं पुर्वमन्त्री भरतकुमार शाहले लोकतन्त्रलाई संस्थागत गरी संविधान कार्यान्वयनको लागी निर्वाचन अपरिहार्य रहेको र देशलाई सम्बृद्धि तर्फ लैजान कांग्रेसको नेतृत्व रहेको आवश्यकता औल्याए । कांग्रेस तराई, पहाड र हिमालका सवै जनताको साझा पाटी भएकाले पनि कांग्रेस माथी धेरै जिम्मेवार रहेको उनले बताए । सबैलाई सहमतिमा ल्याएर निर्वाचन गराउने र नेतृत्वले चुनौती कांग्रेस माथी आएकाले पनि उक्त कुरा बुझाउन आमसभाको आयोजना गरिएको उनले बताए । तराईमा चुनावी माहोल सिर्जना गर्नमा आमसभाले सहयोग पु¥याउने भन्दै उनले कांग्रेस कुनै पनि अतिबादको पक्षमा नरहेको तथा मध्यमार्गी पार्टी भएकाले सवैलाई समन्वय गर्दै निर्वाचनमय वातावरण सिर्जना गराउनको लागी पनि सवै समुदायको समान प्रतिनिधित्व हुने गरी सभामा जनतालाई ल्याइने उनले बताए ।
उक्त आमसभाले संविधानमा भएका अन्तरवस्तु, पार्टीको धारणा तथा सवै नेपाली बीच एकता र सद्भावको सन्देश फैलाउने उदेश्य कांग्रेसले लिएको नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणँले बताए । नेपाली कांग्रेसले प्रजातन्त्र, लोकतन्त्र स्थापना, सविधान लेखन, शान्ति प्रक्रिया, संविधान संसोधन तथा हाल अन्य दलहरुलाई निर्वाचनमा सहभागी गराउन गरिरहेको पहलका बारेमा समेत सभा मार्फत जानकारी गराइने उनले बताए ।
सभामा रुपन्देही जिल्लाबाट मात्र ५० हजार जनता आउने र सभालाई मध्यनजर गरेर ठाउँ ठाउँमा मोटरसाईकल ¥याली, माईकिङ्ग तथा घरदैलो अभियान गरिएको छ । सभाको पुर्व सन्ध्यामा सिद्धार्थनगर, देवदह, लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना लगायतका क्षेत्रमा कांग्रेसले मोटरसाईकल ¥याली, माईकिङ्ग तथा घरदैलो अभियान गरेको हो ।
आमसभा पूर्व बिहान ११ बजे देवकोटा चोकमा जम्मा भई ¥याली र झांकी सहित गल्लामण्डी जानेछ । उक्त आमसभामा १ हजार भन्दा बढी स्वयंसेवक खटाइने छ ।

About the author

tinaufm

Leave a Comment