Local

बुटवलको भाटभटेनी सपिङ्ग कम्प्लेक्समा भीषण आगलागी

received_577085299340577

चैत्र २५ , बुटवल । बुटवलमा रहेको भाटभटेनी सपिगं कम्पेलेक्समा भीषण आगलागी भएको छ । आगो नियन्त्रणका लागी बुटवल नगरपालिका र सिद्धार्थ नगरपालिकाको दमकल घटना स्थलमा पुगेका छन् भने स्थानिय बासी , नेपाली सेना र नेपाल प्रहरीले आगो निभाउने प्रयास जारि राखेका छन ।

बिहान ४ बजेबाट सुरु भएको आगलागि यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन सकेको छैन ।
कम्प्लेक्सको पांचौ तलाको ईलेक्ट्रोनीक्स कक्षबाट सुरु भएको आगो क्रमस सबैतिर फैलनेक्रम जारी छ । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको २ दमलले आगो निभाउने प्रयास जारी राखे पनि आगाो नियन्त्रणमा आउन सकेको छैन ।

। आगलागि भएको केहि समयमा नै बुटवल  उपमहानगरको दमकल घटनास्थल आए पनि भाटभटेनीका ब्यवस्थापनका कर्मचारी नभेटीए पछि निकै बेर दमकलका कर्मचारी अलमलमा परेका थिए ।

स्थानीयले भाटभटेनिमा आगोको मुस्लो देखे पछि प्रहरीलाई खबर गरिदिएका थिए ।
प्रदेश राजधानी बुटवलमा एकमात्र दमकल हुनु र बुटवल भैरहवाको सडक बर्षौ देखि बन्न नसक्नुले पनि समयमा दमकल घटनास्थल पुग्न नसक्दा आगलागि नियन्त्रण बाहिर गएको हो । आगलागि बढ्दै गएपछि वरीपरिका स्थानीय बासिहरु त्रसित बनेका छन् ।

कम्प्लेक्समा एकाबिहानै कसरी आगो लाग्यो भन्ने अझै नखुलेको र आगो नियन्त्रणको प्रयास भैरहेको प्रहरिले जनाएको छ ।

घटनास्थल सहज ठाउमा भए पनि समयमै दमकलहरु पुग्न नसकेको स्थानीयले गुनासो गरेका छन ।

About the author

tinaufm

Leave a Comment