National

बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत, समृद्ध बुटवल, सुखी बुटवलबासीको संकल्प

IMG_6462
Written by tinaufm

८ असार, बुटवल । बुटवल उप–महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राखेको छ ।

उपमहानगरको शुक्रबार सुरु तेस्रो सुन्दर बुटवल, समृद्ध बुटवल र सुखी बुटवलबासीको संकल्प गर्दै नगर प्रमुख शिवराज सुवेदीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

शुक्रबारको नगर सभामा प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष सम्बोधन गर्नुभएको थियो । त्यसक्रममा उहाँले जनतालाई साथमा लिएर विधि र प्रकृया पूरा गर्दै सुशासन कायम गराउन सुझाव दिनुभयो ।

‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालिन उद्देश्यका साथ आएको नीति तथा कार्यक्रममा पूर्वाधार तथा पर्यटन, कृषि र उद्योग–व्यापारका थप सम्भावनाहरुको विकासलाई प्राथमिकतामा राखिएको छ । जनस्वास्थ्य प्रवद्र्धन सम्बन्धी नीति अन्तर्गत नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य अभियान कार्यक्रम सञ्चालन गरिने भएको छ भने मोतिपुर र सेमलारका स्वास्थ्य चौकीमा १५ सैयाका अस्पतालका रुपमा विकास गर्ने नीति लिइएको छ ।

मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा प्रभावकारी तथा नतिजामुखी सुधारका लागि उपप्रमुख गर्भवती भेट अभियान सञ्चालन गरिने भएको छ । यस्तै स्वास्थ्य स्वयमसेविका मार्फत सबै घरधुरीमा नागरिकसंग जनप्रतिनिधि अभियान कार्यक्रम सञ्चालन गरिने भएको छ । छिमेकी स्थानीय सरकारहरुसंग प्राकृतिक स्रोत, छाडा चौपाया सरसफाई व्यवस्थापन, बारुणयन्त्र सञ्चालनलागयत कामका लागि समन्वय र सहकार्य गर्दै महानगरीय अवधारणाका साथ अगाडि बढ्ने नीति लिइएको छ ।


जनसहभागितामा आधारित कार्यक्रमहरुलाई अझ परिस्कृत गर्दै प्रतिस्पर्धामा आधारित बनाइने र कामका आधारमा सम्मान गर्नेसमेत नीति बनाइएको छ । यसैगरी बुटवललाई विषादीरहित खाद्य वस्तु उपलव्ध हुने सहरका रुपमा पहिचान गराइने, एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गरिने, कौशी तरकारी खेती कार्यक्रमलाई निरन्तरता दिइने उपमहानगरले नीति बनाएको छ । साथै कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने नीति बनाइएको छ ।

नगरपालिकाद्वारा संचालन गरिने सबै किसिमका विकास आयोजनाहरुमा नेपाली मात्र कामदार श्रमिक प्रयोग गरी समयसीमामा सम्पन्न गर्ने उपभोक्ता÷निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने नीति बनाउन लागेको छ । पार्किङको समस्या समाधानका लागि उपमहानगरले दीर्घकालिन योजना बनाउन लागेको छ । निर्माण यस्का लागि बढि भिडभाड हुने क्षेत्रलाई लक्षित गरेर अन्डरग्राउडसहितका व्यवसायिक पार्किङ भवनहरु बनाउन अध्यय्न गरिने भएको छ ।

सार्वजानिक–नीजि–सहकारी साझेदारी मार्फत पार्किङ हाउस बनाउन अध्यय्न सुरु गर्ने उपमहानगरको तयारी छ । साथै एक हजार स्कायरफिट भन्दा धेरै क्षेत्रफल ओगटेर पार्किङसहितका नयाँ भवन बनाउनेलाई प्रोत्साहन स्वरुप नक्सा प्रक्रियामा ४० प्रतिशत छुट दिने नीति लिइने भएको छ । यो सुविधा मुख्य शहरी क्षेत्र भन्दा बाहिरकालाई समेत प्रदान गरिने भएको छ ।


नगर क्षेत्रभित्र सार्वजानिक नीजि सहकारी अवधारणा बमोजिम अत्याधुनिक ट्रमा सेन्टर निर्माण गर्ने जग्गा व्यवस्थापन गरिने भएको छ । कम्तिमा ५० जना स्वदेशी श्रमिकलाई रोजगार दिने रोजगारदाता वस्तु वा सेवा उद्योगलाई तोकिएको व्यवसाय करमा ५० प्रतिशत छुट दिने नीति लिईने भएको छ ।

मेडिकल कलेज, इन्जिनियरिङ्ग कलेज, टेक्नीकल कलेज तथा स्टार होटल वा पर्यटक स्तरीय सेवा उद्योग नगरमा संचालन गर्नेलाई निर्माणका लागि विद्युत ट्रान्सफर्मर, खानेपानी, बोरिङ र पहँुच मार्ग निर्माणमा लाग्ने रकमको ४० प्रतिशत रकम अनुदान दिने नीति लिइएको छ ।

जमिनमुनीका पानीका प्राकृतिक स्रोतहरु सुक्दै र नाशिंदै गइरहेको समयमा वाटर रिचार्ज सिस्टमलाई मद्दत मिल्ने गरी वनहरुमा पोखरी निर्माण गरिने भएको छ । सामुदायिक वनहरुसँगको सहकार्यमा एक वन तीन पोखरी निर्माण कार्यक्रमका लागि प्रति पोखरी रु दुई लाखका दरले अनुदान दिइने भएको छ ।

सामुदायिक वनहरुसँग समन्वय गरी पोखरी निर्माण जलाधार संरक्षण पार्क व्यवस्थापन अग्नीपथ र जंगल सफारी ट्र्याक निर्माण गर्ने नीति लिइनेछ । साथै वडा–वडामा पोखरी निर्माण गरी माछा पालनसहित अनुदानमा आधारित कार्यक्रमहरु बनाइने भएको छ ।


तिनाउ जलाधार संरक्षणका लागि तिनाउ जलाधार संरक्षण योगदान कोषसँग सहकार्य गर्ने नीति लिइनेछ । बुटवलका ऐतिहासिक, पुरातात्विक सम्पदाहरुको उत्खनन, संरक्षण र प्रचार–प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने नीति लिइने भएको छ । ऐतिहासिक जीतगढी किल्ला समिपमा रहेको वस्तीलाई प्रचलित कानून बमोजिम हटाई खुल्ला गर्ने नीति लिइने भएको छ । जितगढी संग्रालयको लागि आवश्यक पूर्वाधार यसै वर्ष आरम्भ गर्ने उपमहानगरको तयारी छ ।

नगरमा रहेको युवा वेरोजगारीको अन्त्यका लागि प्रत्यक वर्ष पाँच सय जनाका दरले सिपमूलक तालिम प्रदान गरिने भएको छ । स्वरोजगार कार्यक्रम संचालन गर्न ‘मेयर युवा इलम कार्यक्रम’ संचालन गरिने भएको छ । लैंगिक तथा घरेलु हिंसा, यौन शोषण, जोखिममा परेका बालबालिका अपाङ्गता भएका तथा यौनिक अल्पसंख्यकहरुलाई विशेष कार्यक्रम संचालन गरिने भएको छ । नगर प्रज्ञा प्रतिष्ठान गर्दै कला संस्कृतिको संरक्षण गरिने भएको छ । महिला, जनजाति, दलित, आदिवासी, उत्थान कार्यक्रम संचालन गर्ने नगरको नीति कार्यक्रममा छ ।

महिला, जनजाति दलित, आदिवासी र दलित उत्थान समितिहरु गठन गरी लक्षित वर्गको सशक्तिकरणका लागि कार्यक्रम संचालन गरिने भएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धनको लागि जेष्ठ नागरिक स्वास्थ्य अभियान अन्तर्गत स्वास्थ्य परीक्षण शिविर र सहयता सामग्री वितरण, घरदैलो स्वास्थ्य परीक्षणलगायत विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रको विकास र विस्तार गर्दै लगिने भएको छ ।

सबै स्वास्थ्य संस्थामा स्वास्थ्य शिक्षा कर्नरको व्यवस्था गरिनेछ साथै किशोरकिशोरी मैत्री सेवाको शुरुवात लागि आवश्यक पहल गरिनेछ ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै विद्यालयमा एकजना स्वास्थ्यकर्मीको अनिवार्य व्यवस्था गनएको लागि आवश्यक कदम चालिनेछ । बुटवललाई मुख्य थलो बनाएर खोलिएका फर्म, कम्पनी, उद्योग तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वको रुपमा खर्च गर्नुपर्ने रकमलाई पारदर्शी र प्रभावकारी बनाउन सामाजिक उत्तरदायित्व कोषको स्थापना गरिने भएको छ ।

नगर प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । शनिबार अर्को नगर सभा बैठक बस्ने छ । नगर उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा नगरप्रमुखले प्रस्तुत गर्नुभएको थियो ।


About the author

tinaufm

Leave a Comment