Local National

बुटवलका नवनिर्वाचित जनप्रतितिनधीहरुको पदभार कार्यक्रम सम्पन्न

new
Written by tinaufm

new

२२ असार, बुटवल,

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित मेयर शिव सुवेदीले नगरको मोवाइल एप्स सुभारम्भ गरेका छन । आफ्नो पद भार ग्रहण गर्दै नगरका हरेक सूचनाहरु नगरबासीले घरबाटै पाउने सुबिधा सहितको एप्सको शुभारम्भ गरेका हुन । त्यस्तै बुटवलका हरेक घरलाई म्याट्रिक सिस्टमबाट नम्बर प्रदान गर्ने निर्णय समेत भएको छ । एक वर्षभित्र बुटवलकै सबै घरले म्याट्रिक नम्बर पाउनेछन् ।त्यसै गरी उपमेयर गोमादेवी आचार्यले पदभार ग्रहण गर्दै एक वर्षभित्र बुटवललाई लैगिंकमैत्री नगर घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् ।
बुटवल उपमहानगरपालिकमा नवनिर्वाचित जनप्रतिधिहरुको शपथ तथा पदस्थापन भएको हो । आज विहान एक कार्यक्रमकाबीच निर्वाचन अधिकृत भरतमणि पाण्डेले मेयर शिवराज सुवेदी, उपमेयर गोमादेवी आचार्य वडाध्यक्षहरुलाई शपथ गराएका थिए । वडा सदस्यहरुलाई नवनिर्वाचित मेयर शिवराज सुवेदीले शपथ खुवाएका थिए । पदस्थापन कार्यक्रममा नवनिर्वाचित मेयर सुवेदीले समृद्ध बुटवलको सपना साकार पार्न सबैको सहयोग र सहकार्यमा अघि बढ्ने बताएका छन् । चुनावी मैदानमा हारजित भए पनि बुटवलको विकासका लागि एकै कित्तामा उभिन जरुरी रहेको भन्दै उनले सबै संग सहयोग को अपेक्षा गरेका थिए ।
कार्यक्रममा सांसद विष्णु पौडेल, प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, मेयरमा पराजित नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा पराजित माओवादी केन्द्रका उपमेयर उम्मेदवार जगतबहादुर पोख्रेलले नवनिर्वाचित मेयर उपमेयर तथा जनप्रतिनिधीलाई बधाई दिंदै नेतृत्व लिएर अगाडी बढे आफुहरुको सदैव सहयोग रहने बताएका थिए ।
शपथसंगै आजै देखी कार्यभार समालेका छन् । हिजो सकिएको मतगणनामा एमालेका उम्मेदवारहरु मेयर उपमेयरमा बिजयी भएका थिए । एमालेले १६ वडाध्यक्ष र कांग्रेसले तीन वडाध्यक्षमा जीत हासिल गरेको छ ।

19832655_1643032125769290_952095178_n

About the author

tinaufm

Leave a Comment