National Our Team Politics Sports Technology Uncategorized

बाग्मती करिडोर कि सुकुम्बासीको आँगन ?

Tinau Fm
Written by tinaufm

बाग्मती करिडोर निर्माण सुरु भएको ५ वर्ष बित्यो, तर अहिलेसम्म निर्माण सकिएको छैन । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइलाई मान्ने हो भने गोकर्ण दोभानदेखि बल्खुसम्म १७ किमी लामो यो करिडोर बन्न अझै २ वर्ष लाग्छ ।

तर, रकम अभावले काम अडिएको भने होइन । सरकारले डेढ अर्ब दिँदा २५ करोड मात्र खर्च भएको छ ।

समितिको ढिलाइ, सुकुम्बासीको अल्झन र मेलम्चीले समयमै पाइप नबिछ्याउँदा बाटो धुलाम्य र हिलाम्य छ ।

समस्या सुकुम्बासी वस्ती

गोकर्ण दोभानदेखि बल्खुसम्म बाग्मतीका दुवै किनारमा यो करिडोर बन्नेछ । दुवै किनारको जोड्ने हो भने करिडोर ३४ किमी लामो हुन्छ । तर, अहिलेसम्म एउटा साइड पनि निर्माण सकिएको छैन ।

करिडोर निर्माणमा देखिएको सबैभन्दा ठूलो समस्या भिमसेनगोलादेेखि मिनभवनसम्म २ किलोमिटर क्षेत्रमा फैलिएको सुकुम्बासी बस्ती हो । बाग्मती किनारको २० मिटर जग्गा समितिको हो ।

तर, सुकुम्बासीले त्यहीँ घर टहरा बनाएका छन् । यो क्षेत्रमा समितिले ७ मिटरको करिडोर खोलेको छ तर, योे करिडोरको ट्रयाकभन्दा पनि सुकुम्बासीको आँगन जस्तै देखिन्छ ।Tinau Fm

About the author

tinaufm

Leave a Comment