Local

बर्गदैया सहकारीलाई ट्याक्टर हस्तान्तरण

20170519_124525
Written by tinaufm

20170519_124525
भैरहवा, जेठ ९ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले सूर्यपुरामा रहेको बर्गदैया तरकारी उत्पादक कृषि सहकारी संस्थालाई ट्याक्टर हस्तान्तरण गरेको छ ।
कार्यालयले यान्त्रीक कार्यक्रम अन्तरगत व्यवसायीक तरकारी खेती प्रवद्र्धन गर्न ५० प्रतिशत अनुदान दिएको थियो । हरियो तरकारीको पकेट क्षेत्र रहेको सूर्यपुरामा बजारीकरण र व्यवसायीकरणमा ट्याक्टरको आवश्यकता रहेको जनाउँदै कृषि सहकारीले जिल्ला कृषि विकास कार्यालयको ७ लाख रुपैँया सहयोगमा ट्याक्टर खरिद गरेको हो ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले सहकारीले आयोजना गरेको सार्वजनिक सुनुवाई तथा ट्याक्टर हस्तान्तरण कार्यक्रममा सहकारीका अध्यक्ष पन्नेलाल केवटलाई चाँबी र ब्लुूबुक हस्तान्तरण गरेका थिए । अनुदानको ट्याक्टरले तरकारी बजारसम्म पु¥याउन, खेत जोत्न, अन्य कृषिजन्य उपकरणहरु ओसारपसार गर्न सहयोग गर्न मिल्ने सहकारीका सचिव यशवन्त पथिकले बताए । यान्त्रीक औजारहरुको बढ्दो प्रयोगले कृषिमा लागत कम लाग्ने भएकाले यान्त्रीक औजारमा विषेश ध्यान दिएको पथिकले बताए ।
पछिल्लो समय कृषिमा यान्त्रीकरण गर्न सरकारले विशेष अनुदान दिन थालेको छ । त्यस्तै कृषि इञ्जीनियरिङ्ग निर्देशनालयबाट कृषि यन्त्र उपकरण खरिद गर्दा ५० प्रतिशत अनुदान दिएको छ । निर्देशनालयले उपकरण खरिदका लागि जेठ १२ सम्म नजिकको जिल्ला कृषि विकास कार्यालयमा निवेदन दर्ता गर्न म्याद दिएको छ । आवेदनका लागि नागरिकताको फोटोकपि, एक प्रति फोटो, जग्गाको लालपुर्जा आवश्यकता पर्दछ ।

About the author

tinaufm

Leave a Comment