Local

प्रहरी द्वारा चार हजार बढी चल्ला नष्ट

DCIM105MEDIA
Written by tinaufm

DCIM105MEDIA

बिन्दु कुमार चौहान
लुम्बिनी ७ जेठ । चोरी पैठारी गरि नेपाल भित्रयाउन थालिएका चार हजार भन्दा बढी कुखुराको चल्ला प्रहरी द्वारा नष्ट पारिएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार नेपाल भारत कालीदह सीमानाकाको आसपास चोर बाटो मार्फत ६ वटा साईकलमा चोरी पैठारी नेपाल आयात गर्न लागिएको ४२ कार्टुन चार हजार दुईसय भारतीय कुखुराको चल्ला सिवलवा मनौरा गाँउको बीच बाट आईतवार बिहान ३ बजे ईप्रका लुम्बिनीको मोबाईल गश्तीटोलीले बरामद गरेको हो ।
साईकल सहित बरामद गरिएका सम्पूर्ण अबैध कुखुराको चल्ला नेपाल क्वायरेनटाईनचेकपोष्ट बेलहिया डा.प्रवेश शर्मा ,सञ्चारकर्मी तथा प्रहरीको उपस्थितीमा लुम्बिनी बिकास भित्र खाल्टो खनी पुरिएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तमराज रावत क्षेत्रीले जानकारी गराए ।
अबैध कुखुरा चल्ला तस्करहरु बारे जानकारी लिन खोज्दा प्रहरी निरीक्षक रावत क्षेत्रीले प्रहरीको गाँडी देखेर चल्ला तस्करहरु खेतैखेत भाग्न सफल भएको दाबी समेत गरे ।
यद्यपि बिकास क्षेत्रभित्र चराचुंगी जनावरहरुको चोरी शिकारी तथा कुनै प्रकारको जीव हिन्सा माथि प्रतिबन्धित क्षेत्रमा प्रहरीले जीउदै कुखुरा खाल्टोमा पुर्नु लुम्बिनी बिकास कोषको मुल्य र मान्यता बिपरीत कार्य भएको बताइएको छ ।
सो सम्बन्धमा लुम्बिनी बिकास कोषका सुरक्षा शाखा प्रमुख लीलाबहादुर श्रेष्ठ सँग जिज्ञासा राख्दा अबैध कुकुराको चल्ला नष्ट गर्ने प्रहरी ऐनमा भए ता पनि शान्ति क्षेत्र कोषको हाता भित्र प्रहरीले कुखराको चल्ला जीउदै गाडनु कोषको सुरक्षा ऐन बिपरीत कार्य भएको बताए ।

About the author

tinaufm

Leave a Comment