Local

प्रदेश ५ सरकारको १०० दिन, सिमीत साधन र श्रोतकाबिच सरकारले अभुतपुर्व काम : मुख्य मन्त्री पोखरेल

state-copy-1024x558
Written by tinaufm

१४ जेठ, बुटवल । प्रदेश ५ सरकारले आफ्नो १०० दिनमा अभुतपुर्व काम गरेको दाबी गरेको छ । सरकार गठनको १०० दिनपुगेको अवसरमा आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ५ नम्बर प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले सिमीत साधन र श्रोतकाबिच सरकारले अभुतपुर्व काम गरेको दाबी गरे ।

उनले गेष्टहाउसमा बसेर सपथ लिएका मन्त्रीहरुले गरेको कार्यहरुलाई अभुतपुर्व भन्नु पर्ने भन्दै प्रदेश सरकारले आफ्नो गन्तब्य कोरि सकेको बताए ।

उनले चालु वर्षलाई आवधिक वर्ष मानेर काम गरेको जानकारी दिंदै आगामी वर्ष योजनाको वर्ष हुने स्पष्ट पारे । जिल्ला स्तरिय कार्यालयहरु खारेज हुने बिषयमा केन्द्र सरकारसंग कुरा भै रहेको बताउंदै मुख्यमन्त्री पोखरेलले खारेजीमा पर्ने कार्यालयहरुलाई प्रदेशका ईकाई कार्यालयमा रुपान्तरित गर्न केन्द्रलाई मनाउने प्रयास भएको जानकारी दिए । उनले प्रदेश सरकारलाई ३ हजार जनशक्ति आवश्यक रहेको बताउदै प्राबिधीक जनशक्ति नभएका कारण कतिपय काम अगाडी बढाउन कठिनाई भएको स्पष्ट पारे ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै उनले पर्यटन प्रवद्र्धन जस्ता कामहरु केन्द्रसरकारले गर्ने हो भने संघियताको अर्थ नरहने बताउंदै संघियतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने बताए । प्रदेशको नामाकरण गर्न गारो नभएपनि प्रदेशको स्थायी केन्द्र तोक्ने बिषयमा सहमती गराउन कठीन भएका कारण प्रदेशको नाम र केन्द्र तोक्ने काम हुन नसकेको मुख्यमन्त्री पोखरेलको भनाई छ ।

आगामी वर्ष सम्ममा स्थायी केन्द्र र प्रदेशको नामाकरणहुने उनले बताए । पत्रकार सम्मेलनमा प्रदेश सरकारले गरेको ४७ बुदे कामको बिवरण प्रेस बिज्ञप्ती मार्फत बितरण गरिएको थियो । सरकारले बितरण गरेको बिवरणमा अधिकांस कामहरु संभाब्यता अध्ययनमा सिमीत छन् भने ११ वटा कानुनको मस्यौदा गरेकोमा ४ वटा कानुन बनाइ प्रदेशसभाबाट अनुमोदन गराउने काम सम्पन्न गरेको छ ।


About the author

tinaufm

Leave a Comment