National

प्रदेश ५ को विकास र समृद्धिको मुख्य आधार कृषि, उद्योग र पर्यटन – मुख्यमन्त्री पोख्रेल

mmmmmmm
Written by tinaufm

२८ फागुन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ को विकास र समृद्धिको मुख्य आधार कृषिका साथै स्थानीय स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग धन्दा र दीर्घकालीन आधार पर्यटन भएको बताए । यिनै प्राथमिकताका क्षेत्र निर्धारण गरी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र वजेट बनाउने उनले बताए । शुन्यबाट काम थालेर अघि बढदै प्रदेशको सबै संरचना तयार गरी अल्पकालिन , मध्यकालिन र दीर्घकालीन विकास योजना बनाएर प्रदेश ५ लाई समृद्ध र समुन्नत बनाउने बताए । उनले जनताको प्रत्यक्ष सहभागिताको मोडेलले मात्र समृद्ध प्रदेश बन्न सक्ने बताए । आईतबार प्रदेश सभाको मत प्राप्त गरेका मुख्यमन्त्री पोखरेलले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले कानुनको मस्यौदा तयार गर्ने काम अघि बढाएको जानकारी दिए । उनले कानुन निर्माणको कामले गति लिए संगै सरकारको काम प्रभाकारी ढंगले अघि बढ्ने बताए । उनले मन्त्रालयहरुको भौतिक पूर्वाधारको ब्यवस्थापन नभएका कारण काम प्रभावित भएको बताए । जिल्ला सदरमुकाम र क्षेत्रीय सदरमुकाम केन्द्र रहेका ठाउँमा भएको भए भौतिक पुर्वाधारहरु धेरै हुन्थे । बुटवल दुबै नभएकाले यहाँ सरकारी भवन कम भएका हुन्’ उनले भने, ‘हाम्रो प्राथमिकता सरकारी भवनहरु नै खोजेर प्रयोग गरौं भन्ने हो । उनले भने बुटवलको बसपार्कमा राखिएको सामाजिक विकास मन्त्रालय, हाटबजार नजिकै रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र यातायात व्यवस्था कार्यालय परिसरमा रहेको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका लागि स्थान उपयुक्त नभएकाले अन्यत्र सार्न ठाउँ खोजी भइरहेको छ । श्रम कार्यालयको ६ तले भवन मुख्यमन्त्री कार्यालयकै लागि अपर्याप्त भएकाले त्यहाँ रहेका तीन मन्त्रालयका लागि पनि ठाउ खोज्नुपर्ने बाध्यता रहेको उनले भने । प्रदेश राजधानी सार्न खोजिएको हो भन्ने जिज्ञासामा मुख्यमन्त्री पोखरेलले भने, स्थायी राजधानीबारे चर्चाहरु हुनु स्वभाकिक हो तर, यसको निर्णय प्रदेश सभाले गर्ने हो । समय आएपछि सबैको सहमतिका आधारमा विधि र प्रकृयाबाटै हल हुन्छ  ।  मुख्यमन्त्री पोखरेलले विकाशका लागी सत्तापक्ष र प्रतिपक्षमा विभाजन नभई सबै मिलेर एक जुट भई अघि बढन सबै सँग आग्रह समेत गरे ।

About the author

tinaufm

Leave a Comment