National

प्रदेश ५ को उपसभामुखमा कृष्णी थारु निर्वाचित

DSC02900
Written by tinaufm

६ फाल्गुन ,बुटवल । प्रदेश ५ को उपसभामुखमा कृष्णी थारु निर्वाचित भएकी छिन । उनले ६६ मत सहित निर्वाचित भएकी हुन । बर्दियाको राजापूर थारु बस्तीमा जन्मिएकी कृष्णी थारु कमलरी प्रथा को अन्त्यका लागी लामो समय आन्दोलनको नेतृत्व गरेकी थिईन ।

संसदमा उपस्थित ८५ सांसद मध्ये थारुको ६६ र बिपक्षमा १९ मत परेको थियो । उपसभामुखका लागी बाम गठबन्धनबाट कृष्णी थारु र काँग्रेसकी रिना नेपाल बि .क ले उम्मेद्धवारी दिएका थिए ।

सभामुखमा नेकपा माओबादी केन्द्रका पूर्ण बहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । आईतबार बसेको प्रदेससभा बैठकमा सभामुख पूर्ण बहादुर घर्तीले सहिद ,पिडित बर्ग लिङ्ग समुदायहरुमा सम्मान र धन्यवाद ब्यक्त गर्दे गठबन्धनका उमेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्रीमा नियुक्त गरेको भनी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

About the author

tinaufm

Leave a Comment