National

प्रदेश सभा नियमावली पारित

684413454samsad-bhawan-in-butwal-1832018064615-1000x0
Written by tinaufm

बुटवल ।
प्रदेश नम्वर ५ को प्रदेश सभाको आज बसेको बैठकले प्रदेश सभा नियमावली पारित गरेको छ ।
आज दिउसो बसेको बैठकले बहुमतले प्रदेशसभा नियमावली पारित गरेको हो ।
प्रदेश सभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति हरी प्रसाद रिजालले नियमावली प्रस्तुत गर्नुभएको थियो । नियमावलीमाथि प्रदेशसभा सदस्य अष्टभुजा पाठक, भोज प्रसाद श्रेष्ठ, तुलाराम घर्ति मगर र सन्तोष पाण्डेले आफना धारणा राख्नु भएको थियो ।
सोही बैठकमा मुख्यमन्त्रि शंकर पोख्रेलले आर्थिक कार्यबिधि प्रस्तुत गर्नुभएको छ ।
सो अवसरमा बोल्दै मुख्य मन्त्रि पोख्रेलले अव प्रदेश सभामा कानुन निर्माणको प्रक्रिया सुरु भएकाले जन चाहना अनुसार अघि बढने बताउनुभयो ।

About the author

tinaufm

Leave a Comment