National

प्रत्यक्ष निर्वार्चित कार्यकारी प्रणाली नै उत्तम – प्रचण्ड

20706827_1686281344777701_1813544920_n
Written by tinaufm

20706827_1686281344777701_1813544920_n

२५ साउन,बुटवल ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा वेष्ट मिनिष्टिरियल सिस्टम उपयुक्त नभएको बताएका छन् । यो सिस्टमले राजनैतिक अस्थिरता र अराजकता मात्र ल्याएको छ  त्यसैले अब नेपालको राजनैतिक र आर्थिक विकाशका लागी प्रत्यक्ष निर्वार्चित कार्यकारी प्रणाली नै उत्तम हुने बताएका छन्  त्यसो भएमा कम्तिमा पनि ५ बर्ष काम गर्ने बातावरण बन्छ उनले भने । विधमान प्रणालीबाट यहा सम्म आउदा १० बर्षमा १० ओटा सरकार देश र जनताले भोगी सकेको र त्यसको सिकार देश र जनताले भोग्नु परेको समेत बताएका छन् । उनले भने देशमा अझै पनि राजनैतिक र आर्थिक स्थिरता कायम नहोस भन्ने तत्वले बेष्ट मिनिस्टर सिस्टम नै थोपर्ने कोषिश गरेका छन् । त्यसैले अब नेपाली जनता र सम्पूर्ण राजनैतिक पार्टीहरु र देशको हित चाहाने सम्पूर्ण लाई देशको उन्नतिका लागी प्रत्यक्ष निर्वार्चित कार्यकारी प्रणाली मा जानको लागी जनदवाव र छलफल अगाडी बढाउन आग्रह समेत गरेका छन्

20750621_1686281511444351_409951137_n

उनले भने ‘देशले जित्नुपर्यो,राजनैतिक परिबर्तनको प्रकृयाले जित्यो, यो बर्षमा सबै चुनाब सकेपछि आर्थिक बिकासमा केन्द्रित हुने अबसर हामीलाइ प्राप्त हुदैछ ।’ कस्ले जित्यो भन्ने कुरा ठूलो होइन ,हामी निर्बाचनमय भयौं र निर्बाचन भयो । ‘निर्बाचन प्रणाली निकै खर्चिलो भो,पूर्ण समानुपातिक बनाऔं’
निर्बाचन प्रणाली निकै खर्चिलो भएको उनको चिन्ता छ । ‘आम गरिबका लागि चुनाब लडेर जित्नु त आकाशको फल झैं भयो । ’ ‘एउटै गाउपालिकाको चुनाब लड्न पनि १० करोड खर्च गरेको पाईयो ,अस्ती हाम्ले हिसाब हेर्दा खेरी १० करोड गांउपालिका खर्च भेटियो, त्यसो भएत प्रदेशमा २० करोड र केन्द्रमा जांदा त ४० करोड खर्च हुने भो ।’उनले भने ।
तस्करी गरेर,भ्रष्टाचार गरेर अरबौं कमाएकाहरुलाइ त केहि जति खर्च गरेपनि फरक नपर्ने तर आम नेपालीका निम्ति लागि त असम्भब नै भयो दाहालले सुनाए ।
‘दुई नम्बरीकाम गर्नेहरुको हातमा जाने भो चुनाव चांही ,यो धेरै चिन्ताको बिषय भयो ।हामी संघीय लोकतान्त्रीक गणतन्त्र जस्तो ऐतिहासिक परिर्बतन त ल्यायौं तर अब निर्बाचन प्रणालीको बिषयमा प्रमुख दलहरु बहस बनाउनु पर्छ ।’
‘खर्च नगरि निर्बाचन जित्ने बाताबरणका लागि पूर्ण समानुपातिक निर्बाचन प्रणाली लागु गर्ने बहस थालौ । यसो भएपछि जनताले मनलागेको मान्छे रोजेतर जिताउछन् । मिश्रीत निर्बाचन प्रणाली हटाएमा पूर्ण समानुपातिक भनेमा खर्च लाग्दैन , अरु केहि उपाय भए खोजौं ।’

निर्बाचन एकैदिन गर्नुपर्ने उनको तर्क छ ।’यसो गर्दा संबैधानिक अप्ठ्यारो पनि पर्दैन, निर्बिबाद उपाय भनेको केन्द्रको समानुपातिकको बासक र प्रदेशको समानुपातिक बाकस र मतपत्र एउटै बनाउदा मिल्छ ।’
जंहा मतदाता धेरै छन् त्यहा बुथ थप्ने गरि काम गर्नुपर्ने उनले बताए ।दाहालले प्रमुख दल बिचमा एक दुइ दिनभित्रमा यस्को टुंगो लाग्ने उनले बताए । उनले मंसिर पहिलो साता निर्बाचन हुने दाबि गरे ।
रचण्डले प्रदेश न २ को निर्बाचनमा राजपा सहभागि हुने बिश्वास ब्यक्त गरे । उनले निर्बाचनमा नआए आत्मघाति हुने दाबि गरे । सरकारले संबिधान संसोधन बिधेयक संसदमा लैजाने उनको भनाइ छ ।
पार्टी बिभाजनको कारणले माओबादीको अपेक्षित नतिजा नआएको उनको कथन छ । दाहालले माओबादी बलियो नहुदा निर्बाचनमा हार भएको बताए । उनले पार्टी थप बलियो बनाएर अघि बढ्नका लागि सबैसंग छलफल भैरहेको बताए । उनले भने — बैद्य,बाबुराम,बिप्लव सम्म पनि एकताको पहल भएको छ ,सकारात्मक हुदैछ ।’ कार्यक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, रामबहादुर थापा लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।कार्यक्रम प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष भुवन कार्कीको अध्यक्षता र सचिब मोहन न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

About the author

tinaufm

Leave a Comment