Local

पत्रकार महासंघ प्रदेश नम्बर ५ को पदस्थापना सम्पन्न

IMG_8960-1024x683
Written by tinaufm

२६ वैशाख, बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघलाई संघीय ढाँचा लगिएकाले अब त्यसलाई परिपक्क र बलियो बनाउनुपर्ने बताएका छन् । उनले पत्रकार महासंघले जिल्ला, प्रदेश र केन्द्र गरि तीन तहको संरचना बनाएको बताउँदै तत्तकाल जिल्ला भन्दा तल भने पत्रकार महासंघको संरचना नबन्ने बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का निर्वाचित समितिको पदस्थापना समारोहलाई बुधबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष आचार्यले यस्तो बताएका हुन । उनले प्रदेश समिति अधिकार सम्पन्न भएको बताउँदै तत्त्कालै जिल्ला समितिलाई कमजोर बनाएर अघि भने नबढ्ने बताए ।

अहिले केन्द्र, प्रदेश र जिल्ला समितिको समन्वयमा नै पत्रकार महासंघका कामहरु अघि बढ्ने अध्यक्ष आचार्यको भनाई छ । उनले केन्द्रले नितिगत काम गर्ने, प्रदेश समितिले सदस्यता स्विकृत गर्ने, प्रदेशका शाखाहरु सञ्चालन गर्ने गरि आफ्नो गतिविधि अघि बढाउन आग्रह गरे । तत्तकाल जिल्ला समितिसँग समन्वय गरेर काम गर्नुपर्ने भन्दै निवनिर्वाचित समितिलाई नमूना काम गर्न सुझाव दिए ।

पहिलो पटक प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व चुनिएकाले अब पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन पनि प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार गर्न सकिने पाठ सिकेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले अब पत्रकार महासंघले केन्द्र,प्रदेश र जिल्ला समितिले तहअनुसारकै सरकारसँग सहकार्य गरेर पत्रकारितालाई अघि बढाउनुपर्ने बताए ।

उनले प्रदेश समितिलाई अलमलमा नपरी नमूना प्रदेश समितिको रुपमा आफ्नो गतिविधिलाई अघि बढाउन आग्रह गरे । पूर्व सभाषद विनोद पहाडीले संघीयता असफल बनाउने संकेत देखिएको बताउँदै संघियताको भ्रम चिर्ने गरि प्रदेश समितिले बहस चलाउनुपर्ने बताए ।

नवनिर्वाचित २१ सदस्यी प्रदेश समितिलाई प्रमुख अतिथि पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र निर्वाचन समितिका संयोजक डिआर घिमिरेले प्रमाणपत्र वितरण गरेका थिए । पदभार गरेपछि नवनिर्वाचित पत्रकार महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष मौसम रोकाले संघीय संरचनाको पहिलो कार्यसमितिले पत्रकार पेशागत हकहितमा समर्पित हुने गरि योजना निर्माण गर्ने प्रतिबद्धता जनाए ।

 


About the author

tinaufm

Leave a Comment