National

नेकपा र फोरमबीच दुईबुँदे सहमति, उपेन्द्र यादव सरकारमा जाने

IMG_0439_buhcoNGvI2
Written by tinaufm
१४ जेठ, काठमाडौं । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ । यस सम्बन्धि सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी र फोरम बीच सोमबार सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई बुँदे सहमति पत्रमा संविधान संशोधन लगायतका विषयलाई आपसी सहमतिमा समाधान गर्ने र दोस्रो बुँदामा फोरम सरकारमा सहभागी हुने उल्लेख छ। सहमति पत्रमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। फोरम सरकारमा सहभागि हुने भए पछि आजै सरकार विस्तार गरिने स्रोतले बताएको
छ।
1

About the author

tinaufm

Leave a Comment