Local

धूम्रपान,मधपान,लागु औषध तथा टा«फ्रिक सचेतना सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

1
Written by tinaufm

1

१०,असार , बुटवल
बुटवल उप महानगरपालिका नगरकार्यपालिका कार्यालय बुटवलको सहकार्य र नेपाल पूर्व प्रहरी संगठन ईकाई कार्य समिति बुटवलको आयोजनामा धूम्रपान, मधपान, लागु औषध तथा टा«फ्रिक सचेतना सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पूर्व प्रहरी संगठन ईकाई कार्य समिति बुटवलका अध्यक्ष नारायण बहादुर रायमाझीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका माधव प्रसाद अर्यालको प्रमुख आथित्यता, पूर्व प्रहरी निरिक्षक राम बहादुर कार्कीको बिशिष्ठ आथ्त्यिता रहेको थियो । सचेतना कार्यक्रममा वडा नंं. १ र ३ का कल्बका झण्डै ५० जना यूवा यूवतीहरु को सहभागिता रहेको थियो भने पूर्व प्रहरी निरिक्षक राम बहादुर कार्को ले सचेतना सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । पूर्व प्रहरी संगठन ईकाई कार्य समिति बुटवलका उपाध्यक्ष शान्ति रावलको स्वागत मन्तब्य र कोषाध्यक्ष राधीका श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सिद्धबाबा पार्टी प्यालेस गोलपार्कको हलमा सम्पन्न कार्यक्रमा बाल संजालका अध्यक्ष सक्सेस राना, पत्रकार राजेन्द्र जङ्ग रायमाझी, प्रहरी संगठनका सचिब छबि खत्री, सदस्यहरु टेक बहादुर रावल , सरस्वती श्रेष्ठ , बिमल क्षेत्री को सहभागीता रहेको थियो ।

19489472_1508270022558599_297055704_n

About the author

tinaufm

Leave a Comment