Local

दीप बोर्डिङद्वारा शैक्षिक सामग्री हस्तान्तरण

666
Written by tinaufm

666

वैशाख २५
नेपाल जुनियर रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलले विश्व रेडक्रस दिवसको अवसरमा सोमबार नेपाल अविनाश अनाथ आश्रम कोटिहवाका अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सामग्री वितरण कार्यक्रममा सर्कलले १७ जना अनाथ विद्यार्थीहरूलाई कापी, कलम, मसी, खाजा, ज्यामिति बक्स लगायत छ हजार बराबरको सामग्री वितरण गरेको कुरा प्राचार्य तथा सर्कलका संरक्षक टीकाराम न्यौपानेले जानकारी गराउनुभयो । सामग्री ग्रहण गर्ने क्रममा बोल्दै नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले संस्थाको परिचय दिँदै दीप जुनियरहरूले गरेको सहयोगी कामको प्रशंसा गर्नुभयो । सामग्रीको हस्तान्तरण गर्दै विद्यालयका उपप्राचार्य सुरेन्द्र कुमार शाक्यले यस्ता कार्यहरूलाई दीप बोर्डिङले निरन्तरता दिने बताउनुभयो ।  सर्कलका अध्यक्ष आकिल भुसालको अध्यक्षतामा सम्पन्न सामग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन शिक्षक नायक अर्जुन प्रसाद पन्थले गर्नुभएको थियो ।  यसैगरि दीप जुनियर रेडक्रस सर्कलले विश्व रेडक्रस दिवसको अवसरमा सुख्खानगर, भुड्की चोक, बस पार्क, मिलनचोक क्षेत्रमा जनचेतनामूलक ¥याली समेत निकालेको थियो ।१२० जना विद्यार्थीहरू सहभागी भएको ¥यालीमा शिक्षक नायक अर्जुन प्रसाद पन्थ, सह शिक्षक नायक पुरुषोत्तम पाण्डेय, अमर खत्री, विन्देश्वर शाह, रेखा आचार्य र सविता पाण्डेले सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो ।

About the author

tinaufm

Leave a Comment