National

थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी

20270086_1539523899433211_2133111370_n
Written by tinaufm

20270086_1539523899433211_2133111370_n

८ साउन, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भएको बताएका छन् । साथै उनले निर्वाचन गर्न सरकारले लापर्बाही गरिरहेको आरोप लगाए ।

प्रगतिशील पत्रकार संघ रुपन्देहीको बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले थ्रेसहोल्डको विरोध गरे । सरकारले ल्याएको निर्वाचनसम्वन्धी ऐनमा प्रदेशमा डेढ प्रतिशत र संघीय संसदमा ३ प्रतिशत थ्रेसहोल्ड व्यवस्थाको प्रस्ताव गरेको छ ।

नेता केसीले माघ ७ भित्र तीन तहको चुनाव नभए ७० बर्षको उपलब्धी गुम्ने चेतावनी दिए ।

केसीले देशमा कालो बादल मडारिहेको भन्दै संविधान संशोधन त्यसको कारक रहेको टिप्पणी गरे । तराई र पहाड अलग गराउने गरी संशोधन प्रस्ताव ल्याइएको र सरकारले राष्ट्रिय स्वाधिनतालाई सत्तासँग सौदाबाजी गराउने काम गरेको उनको दाबी छ ।

‘संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयन गर्नु पहिलो आवश्यकता हो, तर सत्तामा बस्नेहरुले संविधान कार्यान्वयनको वहानामा सत्ता लम्ब्याउन चाहेका छन्’ केसीले भने ।

About the author

tinaufm

Leave a Comment