National

ढिलो चाडो एकता हुन्छ : नेता रायमाझी

top-bahadur-raimajhi-new-800x416
Written by tinaufm

१३ चैत्र बुटवल । पुर्व उपप्रधानमन्त्री तथा एमाओबादी नेता टोपबहादुर रायमाझीले बाम एकता हुने दाबि गरेका छन् । उनले दुबैदललाई चित्त बुझ्दो गरि पार्टी एकता हुने उल्लेख गरे ।
‘ढिलो चाडो एकता हुन्छ,प्रधानमन्त्रीको भारत भ्रमण अघि पछि भन्ने सवाल नै छैन’ बुटवलमा रिर्पाेटस् क्लव प्रदेश ५ को कार्यालयमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले भने ।

उनले चित्त नबुझेसम्म पार्टी एकता नहुने प्रष्ट पारे । ‘समान हैसियत वा औकात अनुसारको एकता हुने हो’ उनले भने ।
रायमाझीले घडी, समय पोला तोकेर पार्टी एकता हुने विषय हैन उनले प्रष्ट्याए ।

‘बाम एकता हुदा चुनावी तालमेल हुदैन भनेर हल्लाहरु भए सरकार बन्ने कुरामा आशंका गरियो, सरकार बन्दैन भनीयो, त्यसपछी पार्टी एकता टिप्पणी आउनु पनि स्वभाविक हो ।’

सम्पुर्ण बामपन्थी शक्तीहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउने दावी गरे ।
उनले प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहासिक हुने बताए । ईयुले दिएको प्रतिबेदन हामीले लागु गर्नुनपर्ने भन्दै आतंकीत बन्नु नपर्ने उल्लेख गरे ।प्रदेश ५ को राजधानी बुटवलमै हुने उनले प्रष्ट पारे ।

खिमलाल भट्टराई भन्छन्—‘इयुको प्रतिबेदन स्वीकार्य छैन’

‘प्रदेशको राजधानी रुपन्देही बाहेक अन्त जादैन’राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले ईयुले प्रतिबेदन सच्चाउनुपर्ने बताएका छन् । ‘नेपालको आन्तरिक मामिलामा युरोपियन युनियनको हस्तक्षेप स्वीकार्न सकिदैन तुरुन्त सच्चाउनुपर्छ ।’ रिपोर्टस क्लव नेपाल ५ पाच नम्बर प्रदेश कार्यालय बुटबलले गरेको साक्षात्कारमा बोल्दै प्रतिबेदन उपर घोर आपत्ती रहेको प्रष्ट पारेका छन् ।

उनले देश विकास र समृद्धि तर्फ केन्द्रीत भएर अगाडी बढेको बताउदै नेपालकै इतिहासमा पहिलोपटक यस्तो अबसर आएको बताए ।
उनले बाम गठबन्धनलाई ठुलो अवसर आएकोले सुखी नेपाली समृद्ध नेपाल बनाउने गरि अघि बढ्नुपर्ने बताए ।
सरकारले राम्रा काम गर्ने छनक दिएको छ ,यस्मा सबैले सहयोग गर्नुपर्छ ।

उनले पाच नम्बरको अस्थायी राजधानी देउवा सरकारले तोकेकोले राजधानी सार्न खोजेमा धेरै विवाद आउने बताए ।
‘प्रदेशको राजधानी रुपन्देही बाहेक अन्त जादैन, यही नै स्थायी राजधानी हुन्छ’ भट्राईले भने ।

भारत भ्रमण दुवै देशको हितमा हुनुपर्छ : दीपकुमार उपाध्याय

नेपालका लागी पुर्व भारतीय राजदुत तथा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमण दुवै देशको हितमा बन्नुपर्ने बताएका छन्
उनले भ्रमणलाई कुटनीतिक तरीकाले आगाडी बढाउनुपर्ने भन्दै एक हातले तालि नबज्ने बताए । उनले भारत भ्रमण दुवै देशको चाहनाले भएकोले बताए ।
उनले ईयुको प्रतिवदेनले ठिक नभएको बताए ।

उनले पाच नम्बर प्रदेशको सदरमुकाम नया सहर बनाउनुपर्ने बताए । रिपोर्टस क्लव नेपाल पाचँ नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा नेता उपाध्यायले प्रदेश राजधानी नयाँ स्थानमा राख्दा केही सहजताहरु आउने बताए ।

उनले समग्र प्रदेशको बिकासको लागी आफु तयार रहेको बताउँदै आफु सदैब हरेक क्रियाकलापमा साथ दिने बताए ।
कार्यक्रम रिपोर्टस क्लव पाच नम्बर प्रदेश संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो ।

About the author

tinaufm

Leave a Comment