Local

ट्रकको ठक्करबाट बिद्यालय निरीक्षकको मृत्यु

7
Written by tinaufm

7

साउन ११, बुटवल । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका बिद्यालय निरीक्षक चन्द्र कुवरको सडक दुर्घटनामा परि निधन भएको छ । आज बिहान आफ्नो निवासबाट मोटरसाइकलमा कार्यालय जाँदै गर्दा कुवर बुटवल भैरहवा सडक खण्डको पड्सरिमा दुर्घटनामा परेका हुन । बुटवलबाट भैरहवातर्फ जादै गरेको लु १ ख ५०२६ नम्बरको ट्रकलाइ ओभरट्याक गर्न खोज्दा कुवरले चलाएको लु १८ प २६७८ नम्बरको मोटरसाइकललाई सोही ट्रकले ठक्कर दिएको हो । दुर्घटना पछी गम्भीर घाइते कुवरको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । कुवरलाइ ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरिले जनाएको छ । कुवर रुपन्देहीको तिलोत्तमा नगरपालिका (५ नयामिलका स्थायी बासिन्दा हुन ।

About the author

tinaufm

Leave a Comment