Uncategorized

टोपबहादुर रायमाझीले पनि ५० हजार मत कटाए

DSC04040-12122017104642-1000x0

मंसिर २६, २०७४-प्रतिनिधिसभा र प्रदेशसभामा सबै वाम गठबन्धनका उम्मेदवारले कांग्रेस उम्मेदवारलाई भारी मतान्तरले उछिन्दै विजयी भएका छन् । प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता एवं पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, प्रदेशसभा क्षेत्र १ मा एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्य र क्षेत्र २ मा एमाले पूर्वअध्यक्ष रामजीप्रसाद घिमिरे भारी मतान्तरले विजयी भएका छ ।

दुवै संविधानसभामा जित हात पारेका रायमाझी माओवादी शान्ति प्रक्रियामा आएपछि लगातार तीन पटक जितसँगै उनले ह्याट्रिक गरी जिल्लाको इतिहास रचेका छन । यस पटक प्रतिनिधिसभातर्फ प्रतिष्प्रधीलाई फराकिलो मतान्तरले पछाडी पर्दौ जित हासिल गरेका छन ।

रायमाझीले ५० हजार ८ सय ३७ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धी कांग्रेसका डा. रामबहादुर बीसीले ३२ हजार ५ सय ४४ मत ल्याए । १८ हजार २ सय ९३ मत अन्त अन्तरले रायमाझी विजयी भए । उनलाई एमाले र राष्ट्रिय जनमोर्चाले साथ दिएको थियो । २०६४ को संविधानसभा चुनावमा रायमाझीले कांग्रेसका मानबहादुर विश्वकर्मालाई दुई हजार मत अन्तरले र ०७० को संविधानसभामा यीनै बीसीलाई एक हजार ५२ मत अन्तरले पराजित गरेका थिए । प्रतिनिधिसभाको लागि १ लाख ३८ हजार ३ सय २८ मतदाता मध्ये ८९ हजार २ सय ४० मत खसेको थियो ।

पहिलो चुनाव जितेर रायमाझी मन्त्री भए दोस्रो पटक जितेपछि माओवादी संसदीय दलको उपनेता र उपप्रधामन्त्री समेत भए । उनी जिल्लामा विकासवादी नेताको रुपमा चिनिन्छन् ।

अब राजनीतिक स्थायित्व कायम गरेर देसले विकासको गति लिने र स्थिर सरकारबाट संविधान कार्यन्यवन हुने रायमाझीले बताए । अर्घाखाँचीलाई कृषि, पर्यटन, पशुपालनबाट आर्थिक सम्बृद्धि गरेर देसकै नमूना जिल्ला बनाउने बताए ।

कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका बीसी चिकित्सा क्षेत्र छाडेर राजनीतिमा आएका उनले २०४४ को संसदीय चुनावमा भारी मतले विजयी भएका थिए । त्यसपछि ०५६, ०७० र अहिले प्रतिनिधिसभामा पनि उनी पराजित भए  । बीसी पनि जनस्तरसम्म लोकप्रिय नै छन् ।

एमालेका आचार्यले २४ हजार ७ सय ५१ मत ल्याए । उनको प्रतिस्पर्धी कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनालले १४ हजार १ सय ३७ मत ल्याए । घिमिरेले २६ हजार १ सय ५९ मत ल्याएर विजयी भए । उनका प्रतिष्प्रधी कांग्रेसका हिक्मत टण्डनले १७ हजार २ सय ३३ मत ल्याए ।

२०४८ र ०५१ मा भारी मतान्तरले कांग्रेस उम्मेदवार विजयी भएका थिए । त्यतिबेला सांसद बनेका ढुण्डिराज शास्त्री र रेवतीप्रसाद भूसाल मन्त्री समेत बने । ०५६ मा कांग्रेसले दुवै निर्वाचन क्षेत्र गुमायो । ०६४ मा कांग्रेसकी पुष्पा भुसाल विजयी भइन् । ०७० को दोस्रो संविधानसभा चुनावमा फेरि दुवै सिट गुमायो । अहिले प्रतिनिधिसभाको एउटा र प्रदेशसभाका दुई वटा सिट पनि गुमाएको छ ।

 

About the author

tinaufm

Leave a Comment