National

ज्ञानपुञ्ज बोर्डिङ स्कुलका प्रिन्सिपल छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ

1
Written by tinaufm

१३ भदौ  बुटवल । आफनै स्कुलको होस्टेलमा बस्ने छात्रामाथि यौन दुब्र्यवहारको आरोपमा बुटवलको एक स्कुलका प्रिन्सीपल पक्राउ परेका छन् ।
बुटवल ११ नहरपुर स्थित ज्ञानपुञ्ज सेकेण्डरी ईंगलिस बोर्डिङ्ग स्कुलका प्रिन्सीपल  तोयाराम पौडेललाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।
स्कुलको होस्टेलमा बस्ने कक्षा १० की छात्रामाथि दुब्र्यवहार ,अभद्र ब्यवहार गर्ने , गोप्य अंगहरु छुने , छात्राहरुलाई राति एक्लै बोलाएर बलात्कारको प्रयास गर्ने गरेको आरोप अभिभावक र स्थानिय बासीले लागाएका छन् ।
छात्राले आफना आमा बुवा संग प्रिन्सिपलले गरेको दुब्र्यवहार बारेमा बताए पछि आज आक्रेशित अभिभावक र स्थानियले प्रदर्शन र नाराबाजी गरेका छन् । आक्रोसित समुदायबाट तोडफोड हुन सक्ने आशँकामा प्रहरीले स्कुल र प्रिन्सीपललाई नियन्त्रणमा लिएको छ । उक्त घटना पछि स्कुलमा पठनपाठन हुन सकेको छैन विधालय बन्द भएको छ । स्कूलमा करिब १ हजार विधार्थी अध्ययनरत छन् ।

About the author

tinaufm

Leave a Comment