National

चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पास, डा. केसीलाई अनसन तोड्न आग्रह

Mahila-Balbalika-Samiti
Written by tinaufm

Mahila-Balbalika-Samiti

२७ साउन, काठमाडौं । महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । अब यो विधेयक छलफलका लागि संसदमा पेस गरिनेछ ।

समितिको शुक्रबारको बैठकले विधेयक पास गर्दै अनशनरत डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ ।

डा. केसी चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायतका माग राख्दै अनसन बसेको १९ दिन पुगेको छ ।

अब सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता हुनेछ । विधेयक पास भए पनि अन्य मागका विषयमा वार्तामा छलफल हुने बताइएको छ ।

About the author

tinaufm

Leave a Comment