National

काठमाडौंका दश नगरपालिकामा कसको कहाँ अग्रता?

timthumb.php
Written by tinaufm

timthumb.php

काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये हालसम्मको गणनाअनुसार ६ नगरपालिकाका मेयर पदमा एमालले र चार नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।

कागेश्वरीमा कांग्रेसका उपेन्द्र कार्कीले एमालेका कृष्णहरि थापालाई पछि पारेका छन्।

त्यस्तै गोकर्णेश्वर नगरपालिकामा कांग्रेस १७३६ एमालेले १३४० मत ल्याएको छ।

टोखामा कांग्रेसको ३१२३ र एमालेको २३११ मत रहेको छ।

चन्द्रागिरिमा कांग्रेसको ३०५५ र माओवादीले १४९० मत ल्याएका छन्।

 

शंखरापुर नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ जहाँ एमालेले १४८२ र माओवादीले ११८८ मत ल्याएका छन्।

बुढानीलकण्ठ नगरपालिका एमालेले ३११० र नेपाली काँग्रेसले २३६७ मत ल्याएको छ।

दक्षिणकालीमा एमालेको २४३३ र कांग्रेसको १९८० मत छ।

नागार्जुन नगरपालिकामा पनि एमालेकै अग्रता रहेको छ। जहाँ एमाले १०१४ र काँग्रेसको ८६० मत रहेके छ।

त्यस्तै कीर्तिपुरमा पनि एमालेको अग्रता कायमै रहेकव जानकारी आएपनि विस्तृत मत गणनाबारे जानकारी आएको छैन।

About the author

tinaufm

Leave a Comment