Local

कांग्रेसले रुपन्देही क्षेत्र नं. ३ का सबै तहमा उम्मेदवार टुङ्गो लगायो

khad-n-gita
Written by tinaufm
khad-n-gita
नेपाली कांग्रेसले रुपन्देहीको क्षेत्र न ३ का सबै तहमा उम्मेदबार टुंगो लगाएको छ । क्षेत्रिय समिति क्षेत्र नम्वर ३ रुपन्देहीले क्षेत्रका सबै उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।

३ नम्वर क्षेत्रका १ नगरपालिका र दुई वटा गाउँपालिकाका प्रमुख, उपपमुख, वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो लगाएको क्षेत्रिय सभापति प्रेमबहादुर फौदारले जानकारी दिए । जसअनुसार सियारी गाउँपालिकाको प्रमुख र उपप्रमुख वाहेक अन्य सवै स्थानीय तहका उम्मेदवारको टुङ्गो लागेको हो ।
तिलोत्तमा नगरपालिकामा कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीको तालमेल,मेयर कांग्रेसका खांणलाइ,उपमेयर जनमुक्तिकी गीतालाई:
रुपन्देहीको क्षेत्र नं. ३ मा पर्ने तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गरेका छन् । जस अनुसार तिलोत्तमा नगरपालिकाको मेयर पदमा यस अंघि नै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले जिल्ला सचिव रामकृष्ण खाँणलाई टुङ्गो लगाईसकेको थियो । तिलोत्तमामा उपमेयर भने तालमेल अनुसार जनमुक्तिले गीता सारुलाई उम्मेदवार बनाएको छ ।
जस अनुसार वडा नं. १ मा अध्यक्षमा जोवान सिंह ठकुरी, महिला सदस्य सीता पौडेल र खुला सदस्यमा बालाकृष्ण कुवँर क्षेत्री, वडा नं. २ को अध्यक्षमा पूर्णबहादुर खत्री (मुलाबारी), महिला सदस्य राममायाँ पौडेल, दलित महिला उमासरा सुनार र खुला सदस्यमा तारा रानालाई अंगाडी सारेको छ ।
वडा नं.३ मा अध्यक्षमा कल्याण पौडेल, दलित महिला अनिता विक तथा खुल्लातर्फ रामबहादुर थापा क्षेत्री र नारायणबहादुर क्षेत्री, वडा नं. ४ मा महिला सदस्य रुकमिणी खड्का, दलित महिला सीमा परियार र खुल्ला सदस्य मात्रिका ज्ञवालीलाई चयन गरेको छ । वडा नं. ५ अध्यक्षमा रमेश डुम्रे, दलिद महिला पुनम सुनार तथा खुल्ला तर्फ राजकुमार श्रेष्ठ र बिरबहादुर थारु छन् ।
वडा नं. ६मा महिला सदस्य मैनादेवी भण्डारी, खुल्ला तर्फ नरेशबहादुर भट्टराई र चुडामणी पाण्डेय (ध्रुव), वडा नं. ७ मा दलित महिला कल्पना थापा रोका, खुला तर्फ शंकर गुरुङ् र बिष्णु रेग्मी छन् । वडा नं. ८ मा अध्यक्षमा हरिलाल पाण्डे, महिला सदस्य शान्ता बस्याल, दलित महिला कुन्तिसरा सुनारी तथा खुला तर्फ ऋषिराम पाण्डे छन् ।
त्यस्तैगरी नेपाली काँग्रेसले वडा नं. ९ मा अध्यक्षमा नारायण न्यौपाने, दलित महिला सिर्जना बुढाप्रिती र खुला सदस्य मिस्सु शाही छन् । वडा नं. १०मा अध्यक्षमा व्यासमुनी थारु, महिला सदस्य लक्ष्मीकुमारी थारु, दलिद महिला प्रभावती हरिजन तथा खुल्लातर्फ उजुरसिंह केसी र उमानन्द घिमिरेलाई अंगाडी सारिएको छ । वडा नं. ११ मा अध्यक्षमा तेजबहादुर कुवर क्षेत्री, दलित महिलामा पुनमकुमारी विक सुनार तथा खुला तर्फ कोपिला एसी रायमाझी र हरि खौसीया थारु छन् ।
वडा नं. १२ मा अध्यक्षमा हरिप्रसाद काफ्ले, महिला सदस्य शान्ति चौधरी, दलित महिला धनकुमारी विक तथा खुला सदस्यमा वेदप्रसाद कंडेल र रामबहादुर दर्जी, वडा नं. १३ मा अध्यक्षमा नारायण ढकाल, दलित महिलामा संझना परियार र खुला सदस्य गणेश चौधरी, वडा नं. १४ मा अध्यक्षमा लक्ष्मण सुवेदी, दलित महिला विष्णुकुमारी विक, खुल्ला सदस्यमा हेमराज अर्याल छन् ।
वडा नं. १५ मा दलित महिला सीना नेपाली तथा खुला तर्फ सन्तोषी थारु र सेरबहादुर थापा, वडा नं. १६ मा अध्यक्षमा झविलाल भुसाल, महिला सदस्यमा मायाँदेवी चौधरी र खुल्ला तर्फ ऋषिराम बस्याल छन् ।
त्यस्तै वडा नं. १७ को वडा अध्यक्षमा दानबहादुर चौधरी, महिला सदस्यमा शोभाकुमारी राना, दलित महिलामा शर्मिला विश्वकर्मा तथा खुला सदस्यमा बुद्धिराम पाल –गणेरिया) र सन्तबहादुर बस्नेतलाई पार्टीले अंगाडी सारेको छ ।
त्यस्तैगरी सियारी गाउँपालिका १ को अध्यक्षमा जसवन्त बहादुर कुवँर, महिला सदस्यमा मनरुपा बुढाथोकी, दलित महिलामा वेदकुमारी नेपाली, खुल्ला सदस्यमा सन्तप्रसाद चौधरी र देवेन्द्र कुमार काउचा, तथा २ मा अध्यक्ष रामकिसन थारु, महिला सदस्य शान्तिकुमारी चौधरी, दलिदमा प्रमिला धोवी तथा खुला सदस्यमा भोलाप्रसाद तिवारी र बृजनारायण यादव उम्मेदवार बनाउने निर्णय गरिएको छ । वडा नं. ३ मा अध्यक्ष नन्दलाल थारु, महिला सदस्य उर्मिला वेलदार, दलित किसमती धवल खुला तर्फ महम्मद सफिक र राममिलन यादव, वडा नं. ४ मा अध्यक्षमा गोपाल पाण्डे, महिला सदस्यमा कोपिला अधिकारी, दलिद महिलामा संगिता प्यासी, खुल्ला तर्फ कृष्ण देवकोटा र प्रभू यादवलाई उम्मेदवार बनाईएको छ ।

त्यस्तैगरी वडा नं. ५ मा अध्यक्षमा पदम मिजार, महिलामा ज्ञानदेवी थापा, दलिद महिलामा शान्तिदेवी सुनार तथा खुल्ला सदस्यमा प्रेमबहादुर गोदार र गर्भू थारु, वडा नं. ६ मा अध्यक्षमा गौबहादुर गुरुङ्, महिला गीता चौधरी दलिद महिला मायाँ चमार तथा खुल्ला सदस्यमा सेख महम्मद खाँ र जोगेन्द्रप्रसाद बानिया रहेका छन् । वडा नं. ७ मा अध्यक्ष दीर्घनारायण भट्टराई, महिला सदस्य बिमला कुमारी थारु, दलित महिला रीताकुमारी विश्वकर्मा तथा खुल्ला सदस्यमा मुक्ति थारु र बिक्रम भुज छन् ।
त्यस्तैगरी नेपाली काँग्रेसले सुद्धोधन गाउँपालिकाको प्रमुखमा भगवतीप्रसाद चौधरी र उपाध्यक्षमा रामेश्वरी सिंहलाई रहेका छन । सो गाउँ पालिकाको वडा नं. १ को अध्यक्षमा जंगबहादुर यादव, महिला सदस्यमा मनकुमारी थरुनी, दलित महिलामा कैसा धोवी, खुल्ला तर्फ जयराम मल्लाह र फेकु मल्लाह छन् ।
त्यस्तै वडा नं. २ मा बिष्णु बस्याललाई अध्यक्षमा अंगाडी सारिएको छ भने महिला सदस्यमा धनकुमारी चौधरी, दलित महिलामा मखमली सुनार तथा खुल्ला तर्फ उमाकान्त चापागाई र कमल खड्का, वडा नं. ३ मा अध्यक्ष पानकुमार क्षेत्री, दलित महिलामा शान्तादेवी बिटालु र खुल्लामा दया अधिकारी, वडा नं. ४ को अध्यक्षमा सेरबहादुर काफ्ले महिला सदस्यमा सरस्वती चौधरी, दलित महिलामा रोमा बिक र खुला तर्फ पुण्यप्रसाद चौधरी तथा दामोदर पौडेललाई अंगाडी सारिएको छ ।
सुद्धोधन गाउँपालिका वडा नम्बर पाँचमा अध्यक्ष पदमा माधवप्रसाद बातर चौधरी, महिला सदस्यमा कुसुमकुमारी थारु, दलित महिलामा शान्ति सुनार तथा खुल्ला सदस्यमा चन्द्रभान चौधरी र बाबुराम खरेल छन् । वडा नं. ६ मा अध्यक्षमा कृष्णबहादुर बिष्ट महिला सदस्यमा रेशम सिंह ठकुरी, दलित महिला धनिसरा लोहा तथा खुल्ला तर्फ कमलकुमार लोध र बासुदेव कोहार छन् । वडा नं. ७ मा अध्यक्षमा शिवपुजन बानीयाँ, महिलामा पवित्रा थारु, दलित महिलामा दुलारी पासवान तथा खुल्ला तर्फ रामप्रसाद लोध र प्रमोदकुमार मिश्रलाई अंगाडी सारिएको छ ।

About the author

tinaufm

Leave a Comment